प्रेस युनियन मोरङमा बस्नेत

प्रेस युनियन मोरङमा बस्नेत

पथरी, नेपाल प्रेस युनियन मोरङको अध्यक्ष भोजराज बस्नेत भएका छन् । दोस्रो कार्यकालका लागि अध्यक्ष कुमार लुइटेलले शनिबार पदभार हस्तान्तरण गरेपछि बस्नेत अध्यक्ष भएका हुन् ।

मोरङको बेलबारी स्थित ड्रिमल्याण्ड फन पार्कमा आयोजित पद हस्तान्तरण कार्यक्रममा लुइटेलले दोस्रो कार्यकालका लागि आफ्नो कार्यकाल सकिनु अगावै बस्नेतलाई हस्तान्तरण गरेका हुन् । युनियनको अधिबेसनताका भएको भद्र सहमतिलाई आत्मसाथ गर्दै कार्यकाल सकिनु अगावै बस्नेतलाई जिम्मेवारी दिएका हुन् । यस विषयले युनियनको उदारता र सहमति कार्यान्वयनमा कटिबद्ध रहेको अतिथिहरुले चर्चा गरे ।

पदभार ग्रहण गर्दै बस्नेतले आगामी दिनमा सबैलाई साथमा लिएर अगाडी बढ्ने प्रतिवद्धता गरे । युनियनमा आवद्ध पत्रकारहरुको क्षमता विकास, पेशागत मर्यादा लगाएत युनियनको एकता र सुद्धृढिकरणमा मुख्य भूमिका निर्वाह गर्ने बस्नेतले प्रतिवद्धता गरे ।

कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैँचा नगरप्रमुख शिव प्रसाद ढकालले लुइटेललाई धन्यवाद सहित बस्नेतको सफल कार्यकालको शुभकामना दिए । ढकालले समसामयिक विषयमा भनाइ राख्दै आउन लागेको पत्रकार महासंघको निर्वाचनका लागि युनियनले आफ्नो रणनीति तयार गर्न सुझाव दिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिलाबल्लभ घिमिरे, युनियनका पुर्व केन्द्रिय सदस्य शंकर खरेल, कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, उद्योगी भोलेश्वर दुलाल, कांग्रेस बेलबारीका सभापति शम्भु भट्टराई, युनियन मोरङका पुर्व अध्यक्ष मिनकुमार नवोदित, युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, नेपाल पत्रकार महासंघ मोरङकी उपाध्यक्ष शुशिला पाठक लगायत वक्ताहरुले बस्नेतलाई शुभकामना दिए ।

यसअघि युनियन मोरङका सचिव गोपाल पोखरेलले वर्तमान कार्यसमितिले अहिलेसम्म गरेका कामहरु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुका साथै कार्यक्रम समेत संचालन गरेका थिए ।

सम्बन्धित खवर