घरले पुरीएर ७ महिने बालिकाको मृत्यु

घरले पुरीएर ७ महिने बालिकाको मृत्यु

धनकुटा, धनकुटा महालक्ष्मी ९ सिरिसे बस्ने धन बहादुर लिम्बुको ७ महिनाकी छोरीको आफ्नै घरले पुरीएर मृत्यु भएको छ ।

आज दिउसो १२ बजे बर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किदा सोही घरले पुरीएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बाबु धन बहादुर पनि सामान्य घाईते भएका छन् । साथै सोही घरको मुनी रहेका एउटा भैँसी र एउटा गाई पनि पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

 

सम्बन्धित खवर