बामदेव गौतम राष्ट्रिय सभामा मनोनित

बामदेव गौतम राष्ट्रिय सभामा मनोनित

 

काठमाडौं । राष्ट्रिय सभामा मनोनित भएका नेकपा सचिवालय सदस्य बामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । गौतमले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित एक राष्ट्रिय सभा सदस्य पद गएको फागुनदेखि रिक्त रहँदै आएको थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका गौतमको नाम हिजोमात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

फागुनमा नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए पनि कार्यान्वयन भएको थिएन । भदौ १८ गतेको बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने बताएका थिए ।

प्रधानमन्त्रीले निवर्तमान अर्थमन्त्री डा।युवराज खतिवडालाई पठाउने चाहना राखेका थिए । सांसद नभएका खतिवडाको ६ महिने पछिल्लो अर्थमन्त्री पद् भदौ २० गते सकिएको थियो । तर, मन्त्रीसरहको सेवा सुविधा पाउनेगरी ओलीले उनलाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरिसकेका छन् ।

सम्बन्धित खवर