सुस्त मनस्थिति र खुट्टा नचल्ने भए पछि श्रीमानले छाडे

सुस्त मनस्थिति र खुट्टा नचल्ने भए पछि श्रीमानले छाडे

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली नगरपालिका ७ स्थित तित्री टोलमा बसोबास गर्दै आएकी ३२ वर्षीया रम्भा देवि मण्डल बिगत एक वर्षदेखि घिस्रिएर हिडन बाध्य छिन् । गत माघ महिनामा आगो ताप्नने क्रममा उनको साडिमा आगो सल्किएपछि उनको २ वटै खुट्टा जलेका छन् ।

घुडा मुनिको भागमा साडि पग्लिएपछि उनको २ वटै खुट्टा जलेका हुन् । उनको समयमा उपचार नभएपछि अहिले घस्रिएर हिड्न बाध्य भएकी हुुन् । १२ बर्ष अगाडि देखि उनी सुस्त मनस्थिति भए पछि उनका श्रीमान् अर्जुन मण्डलले पनि उनलाई छाडेका छन् । अहिले ७० वर्षीय वृद्ध आमाले रम्भाको हेरचाह गर्दै आएकी छिन् ।

रम्भाका १७ र १४ वर्षका २ वटा छोराहरुपनि छन् तर आमाको अवस्था नाजुक भएपछि उनिहरुपनि रतुवामाईमा बाबुसंगै बस्दै आएका छन् । ७० वर्षकी आमाले ३२ वर्षकी छोरीको स्याहार गर्नुपर्ने बाध्यता मण्डल परिवारको छ । विगत १२ वर्ष देखि नै ज्वाइँले बेस्ता गर्दैआएका थिए गत वर्ष छोरीको खुट्टा आगोले जलेपछि उपचार गराउनुको सट्टा आफुसंग छाडेर हिडेको आमा मुसर्नीया देवि मण्डलले दुखेसो पोखिन् ।

१० धुर जग्गामा झुपडी बनाएर गुजारा गरिरहेका आमा छोरी एउटै कोठामा दिन कटाइरहेका छन् । छोरीको स्याहार गर्न थालेपछि घरमा खानेकुराको व्यवस्थापन गर्न समेत कठिन परिरहेको मुसर्नीयाले बताइन् । आफ्नो सामाजिक सुरक्षा बापत आएको थोरै रकमबाट छोरीको पनि सामान्य उपचार गर्दै आएको मण्डलले बताइन् । रकम जोहो गरेर उपचार गराउन पाए छोरीको भविष्य राम्रो हुने मण्डलले बताइन् । लकडाउनले गर्दा झन पिडा भोगिरहेको मण्डल परिवारको विहान बेलुका हातमुख जोर्न खाध्य सामग्री समेत नरहेको मुसर्नीयाले बताइन् ।

सम्बन्धित खवर