उदयपुरको रौतामाईमा खोलाले बगाउँदा एकको मृत्यु

उदयपुरको रौतामाईमा खोलाले बगाउँदा एकको मृत्यु

उदयपुर : उदयपुरमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । उदयपुरको रौतामाई गाउँपालिका-७ की ६० बर्षीया तिलमाया पुलामी मगरको खोलाले बगाएर ज्यान गएको हो।

बुधवार राती ७ बजेको समयमा मुर्कुची बजारबाट घर फर्कदै गरेको अवस्थामा बाटोमा रहेको छौडिया खोला तर्ने क्रममा अचानक खोलाले बगाउँदा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर