पथरी, १६ दिन सम्म सञ्चालन गरिएको फुडबैंक गत शनिबार औपचारिक कार्यक्रम गरेर समापन गरिएको छ । सो अवधिमा भएको ११ लाख ९३ हजार ५९१ रुपैँया बराबरको आम्दानी र खर्च विवरण आज सार्वजनिक गरिएको छ ।
भिडियो
फुडबैंक समितिलाई खाधान्य र नगद सहित गरेर देश तथा विदेशबाट ११ लाख ९३ हजार ५९१ रुपैँया बराबरको सहयोग प्राप्त भएको समितिका सचिव पुष्प लामाले जानकारी दिनुभयो । दाताहरुबाट चामल १० हजार ५२ केजी, दाल ६६७ केजी, तेल ४५५ लिटर, नुन ७०२ केजी र नगद ५ लाख ४८ हजार ८८४ रुपैँया संकलन भएको थियो । सो रकमबाट थप चामल ३ हजार ७०० केजी, दाल ९४१ केजी, तेल १ हजार १५३ लिटर गरी जम्मा ४ लाख ६८ हजार ४१३ रुपैँया बराबरको खाध्य सामग्री खरिद गरिएको थियो । समितिले कार्यक्रम व्यवस्थापनमा व्यानर तयारीका लागि ५ हजार ८८० रुपैँया, फोन खर्च ३ हजार ५००, ब्लड डानेसनको सहित खाजा खर्च ३५ हजार, यातायातमा २३ हजार, स्टेश्नरीमा १ हजार ५०० र मास्क, स्यानिटाइजर खरिदमा ३ हजार ५७५ रुपैँया खर्च गरेको खर्च विवरण सार्वजनिक गरेको छ । सबै खर्च कटाएर समितिसंग ८ हजार १६ रुपैँया बचत भएको हिसाब सार्वजनिक गरिएको तयारीका लागि ५ हजार ८८० रुपैँया, फोन खर्च ३ हजार ५००, ब्लड डानेसनको सहित खाजा खर्च ३५ हजार, यातायातमा २३ हजार, स्टेश्नरीमा १ हजार ५०० र मास्क, स्यानिटाइजर खरिदमा ३ हजार ५७५ रुपैँया खर्च गरेको खर्च विवरण सार्वजनिक गरेको छ । सबै खर्च कटाएर समितिसंग ८ हजार १६ रुपैँया बचत भएको हिसाब सार्वजनिक गरिएको छ ।
सहयोगी दाताहरुले खुल्ला मनले सहयोग गरेकाले लकडाउनको मार खेपिरहेका नगरवासीलाई थोरै भएपनि रहात उपलब्ध गराउन सकिएको समितिका संयोजक प्रदिप कुमार राईले जानकारी दिनुभयो । देश विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुलाई राईले धन्यवाद पनि दिनुभएको छ । कार्यक्रममा प्रतिभा समाज सुधार युवा क्लवका अध्यक्ष भूवन थापा, समितिका सदस्य गणेश थक्लुङ, सुमन कुरुङ्वाङ् लगाएतले सहयोगीहरुलाई धन्यवाद दिनुभयो । समितिले फुडबैंक मार्फत प्रत्येक वडामा पुगेर नगरका ५ वटा वडामा समेत राहत वितरण गरेको थियो ।