तेह्रथुममा कृषकहरुको ब्यावसायिक विकासका लागि प्रयोगशाला तथा नर्सरी केन्द्र स्थापना

तेह्रथुममा कृषकहरुको ब्यावसायिक विकासका लागि प्रयोगशाला तथा नर्सरी केन्द्र स्थापना

तेह्रथुम । लालीगुराँस नगरपालिका बसन्तपुर तेह्रथुमले आफ्नो क्षेत्रभित्रका कृषकहरुको ब्यावसायिक विकासका लागि आफ्नै प्रयोगशाला तथा नर्सरी केन्द्र स्थापना गरेको छ। सो प्रयोगशाला नगरपालिकाको वडा नम्बर ३ स्थित मुसाङमा स्थापना गरेको हो । गत आर्थिक वर्षमा नगरपालिकाले कृषिलाई प्राथमिकता राख्दै निगुरो, सिस्नो तथा स्कुसको पकेटक्षेत्र बनाउने कार्यव्रmम घोषणा गरेको थियो ।

सो कार्यक्रमअनुसार सिस्नोको नर्सरी उत्पादन, स्कुसको बिभिन्न प्रजातिहरुको अध्ययन गरी स्कुसहरुको खेती बिस्तारका लागि कार्यक्रम संचालन भएको थियो । यसैगरी नगरपालिकाले निगुरोलाई अर्गानिक तरकारी उत्पादन तथा यसको मूल्य श्रृखंला निर्माणका लागि अध्ययन गरिरहेको नगर प्रमुख अर्जुन माबोहाङले जानकारी दिए ।

स्थापित नर्सरी केन्द्रमा बिभिन्न जातका निगुरोहरु काली, साउने, कार्तिके तथा डाँउठेको बिरुवा रोपेर यसबाट बिरुवा उत्पादन गर्ने कार्यलाई अगाडि बढाएको छ । नगरपालिकाले निगुरोलाई ब्यावसायिक रुपमा बिस्तार गर्नका लागि ललितपुरमा अवस्थित नेपाल सरकारको स्वामित्वमा रहेको हरबेरिम कार्यालयका बिज्ञहरुको समेत सुझाब लिएको थियो । यस्तै केन्द्र सञ्चालनका लागि स्थानीयबासीहरुको सहयोग समेत लिएकोे छ ।

स्कुस, सिस्नो तथा निगुरोको फाईदाहरु, यसको खेती गर्ने तरिकाहरु तथा यसको मूल्य श्रृखंला सम्बन्धमा जानकारीका लागि नगरपालिकाले एक ब्रोसर समेत प्रकाशित गरी कृषकहरुलाई बितरण गरेको छ ।

कृषकहरुको आवश्यकता पहिचान गरी नगरपालिकाले यसबर्षदेखि आफ्नै नर्सरी केन्द्रमा सुन्तला, मुन्तला, कागती, एभोकाडो, किवी, ओखर, ड्रागनफललगायतको बिरुवाहरु उत्पादन गरी कृषकलाई बितरण गर्ने लक्ष्य राखिएको छ । नगरपालिकाभित्र जनगणना २०६८ अनुसार ३ हजार ४ सय ४५ घरधुरी संख्या रहेको छ । नगरपालिकामा ९ वडा छन् । यस नगरपालिकाको जम्मा जनसंख्या १७ हजार ८ सय ५८ रहेको छ ।
नगरपालिकाले संचालन गरिरहेको स्कुस, सिस्नो तथा निगुरोको कार्यक्रमसँगै फलफुल नर्सरी कार्यक्रम ले समग्र नगरपालिका भित्रका कृषकहरुको हित हुने अपेक्षा गरिएको छ । यसका साथै सरोकारवाला निकायहरुका लागि समेत यो कार्यक्रमले मार्गदर्शन गर्ने विश्वास रहेको नगर प्रमुख अर्जुन माबोहाङले बताए । यस कार्यक्रमबाट कृषकहरुले निगुरो, सिस्नो तथा स्कुसको ब्राण्ड निर्माण गरी प्रत्यक्ष रुपमा फाईदा पाउने छन । यसका साथै फलफुल नर्सरी स्थापनाबाट गुणस्तरीय बिरुवाहरु आफ्नै क्षेत्रमा उत्पादन गरी नगरवासीहरुले पाउनेछन भन्ने नगर प्रमुख माबोहाङले बिश्वास ब्यक्त गरे ।

सो अर्गानिक कृषि तथा नर्सरी केन्द्रमा हाल लहरे आँप, मुन्तला, कफी, एभोकाडो, रिठो, निगुरो, तिनपाते, सिस्नो, मरिच, ड्रागनफल, चिउरीलगायतको वनस्पति तथा कृषिजन्य वस्तुहरुको नर्सरी तथा प्रदर्शनीको रुपमा रोपिएका छन् । यस कृषि प्रयोगशाला, अर्गानिक कृषि केन्द्र तथा नर्सरीलाई हालै एक कार्यक्रमका बीच नगर प्रमुख अर्जुन माबोहाङले उद्घाटन गरेका थिए । सो क्रममा उपप्रमुख तिला पोखरेल, वडा नम्बर ३ का वडाध्यक्ष कमल बानियाँ, प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला, तेखिमे कृषि परामर्श सेवा फर्मका अध्यक्ष जीवनप्रसाद राईलगायत नगरपालिकाका ईन्जिनियर, सव ओभरसियर लगायत स्थानीय बासीहरुको सहभागिता थियो ।

अहिले विश्व कोरोना भाईरस ९कोभिड १९० को महामारीबाट त्रसित छ । यो महामारीले बैदेशिक रोजगार धेरैले गुमाउने अवस्था छ । तराई तथा राजधानीमा गएर सानातिना रोजगारीमा व्यस्त नगरवासीहरुले पनि रोजगार गुमाउने अवस्था छ । अब आमनागरिकहरुको भविष्य भनेको कृषि पेसा नै रहेकोले केषिलाई प्राथमिकता दिइएको प्रमुख मावोहाङले बताए । रोजगार गुमाएर फर्किएकाहरुर्ला यस कार्यक्रमले केहि राहत दिन सक्ने विश्वास लिएको प्रमुख मावोहाङले बताए । कार्यक्रम लालीगुराँस नगरपालिकाको आर्थिक सहयोग तथा तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटा १, हिलेको प्राबिधिक परामर्शमा संचालन भईरहेको छ ।

सम्बन्धित खवर