मन्त्री घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार

मन्त्री घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार

कोरोना सङ्क्रमणबाट पीडित प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । होम आइसोलेशनमा रहनुभएका मन्त्री घिमिरेको स्वास्थ्यमा धेरै सुधार हुँदै गएको स्वकीय सचिवालयले आज यहाँ जनाएको छ । सचिवालयद्वारा आज जारी विज्ञप्तिमा मन्त्री घिमिरेको स्वास्थ्यावस्था अहिले सामान्य रहेको तथा ज्वरो र झाडापखाला नियन्त्रणमा आएको उल्लेख गरिएको छ ।

यसैगरी रक्तचाप केही बढेको, जीउ दुख्ने, नाक बन्द हुने र सामान्य खोकी लागेको प्रमुख स्वकीय सचिव तिलकबहादुर बस्नेतले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । मन्त्री घिमिरेले सङ्क्रमण पुष्टि भएको भोलिपल्टदेखि अक्सिजनको मात्रा, ज्वरो र नाडी परीक्षण गरी चिकित्सकलाई रिपोर्टिङ गर्दै आउनुभएको छ ।

उहाँको अक्सिजनको मात्रा, ज्वरो र नाडीको अवस्था सामान्य रहेको कोशी कोभिड अस्पतालका डा. मिलन बस्नेतले बताउनुभयो । मन्त्री घिमिरेलाई यही भदौ १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रासस

सम्बन्धित खवर