पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २२८ जनामा कोरोना, ९१७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २२८ जनामा कोरोना, ९१७ जना डिस्चार्ज

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २२८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ८७७ पुगेको छ । आज १३ हजार ४१३ पिसिआर परीक्षण गरिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना सङ्क्रमण मुक्त भइ घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्केनेको सङ्ख्या २४ हजार २०७ पुगेको छ । मुलुकभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४१३ रहेको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

गत २४ घण्टामा मुलुकभर कोरोनाका कारण छ जनाको निधन भएको उहाँले बताउनुभयो । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २५७ पुगेको छ । मुलुकभर हाल संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा सात हजार ७४२ जना रहेको मन्त्रालयले जनाएको छ । यसैगरी देशभरका क्वारेन्टिनमा छ हजार ७४९ जना रहेका छन् । देशभर हाल १४१ जना कोरोना सङ्क्रमितको सघन उपचार कक्षमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता प्रा डा गौतमले जानकारी दिनुभयो ।

सम्बन्धित खवर