मोरङको कानेपोखरीबाट तीन लाख नगदसहित १२ जुवाडे पक्राउ

मोरङको कानेपोखरीबाट तीन लाख नगदसहित १२ जुवाडे पक्राउ

इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीको नेतृत्वमा खटिएको प्रहरी टोललीले बुधवार ३ लाख ५ हजार १ सय ३१ रुपैयाँ सहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित चालिस विघे भन्ने ठाँउबाट बुधबार साँझ तास खेलिरहेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वेलवारी नगरपालिका १ का बिमल गुरुङ, कृष्ण लिम्बु, चन्द्र लिम्बु, श्याम लिम्बु, यसै गरी लेटाङ नगरपालिकाका समिर तामाङ, झापा विर्तामोड नगरपालिकाका सञ्जिव घतानी, लक्ष्मीकुमार तामाङ र हल्दिवारी गाँउपालिकाका ताराकुमार जोगी रहेका छन् । यस्तै झापा बुद्धशान्ति गाउँपालिकाका मनिस लिम्बु, धरानका रुपजगं लिम्बु किरण उदास र इटहरीका राजन पौडेल रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरिको नेतृत्वमा खटिएको प्रहरी टोलीले कानेपोखरी ७ स्थित किशोर लुइटेलको घरमा तास खेलिरहेको अवस्थामा ३ लाख ५ हजार १ सय ३१ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राइले जानकारी दिए ।

सम्बन्धित खवर