कोरोना प्रभावका कारण पोखराका ४ सय भन्दा बढी पर्यटन व्यवसायी पलायन

कोरोना प्रभावका कारण पोखराका ४ सय भन्दा बढी पर्यटन व्यवसायी पलायन

पोखरा : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ वाट सिर्जित परिस्थितिका कारण पोखराको पर्यटन व्यवसाय नराम्रो सङ प्रभावित भएको छ ।

पोखरामा पर्यटन व्यवसाय गर्दै आएका होटल, रेष्टुरेन्ट, ट्रेकिङ एजेन्सी, ट्राभल टुरका व्यवसायीहरु व्यवसाय संचालन गरेको ठाउको भाडा र कर्मचारीलाई तलव दिन नसक्ने अवस्थामा पुगेपछि व्यवसाय नै छाडेर पलायन हुन थालेका हुन् । कोभिड सङक्रमण शुरु भए पछिको समयमा यहाँको पर्यटन क्षेत्रका लगभग ४ सय जना व्यवसायीले आफ्नो व्यवसायबाट नै हात झिकेर पलायन भएको पर्यटन सम्वद्ध संघ–संस्थका पदाधिकारीको भनाई रहेको छ ।

पोखरा क्षेत्र भित्र रहेका ७ सय होटलहरुमा भएको १ खर्ब २५ करोडको लगानी धराशायी स्थितिमा पुगेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताउनुभयो । “स्वास्थ्य सुरक्षाका लागि भएको केही समयको लकडाउन होला भन्ने सोच बनाएका थियौं, तर अहिले झनै अनिश्चितता वढ्दै गएको छ”, उहाँले भन्नुभयो–“समस्या जटिल वन्दै गएको छ, कति दिन यो अवस्था हुने हो भन्न सक्ने स्थिति नै छैन ।”

पछिल्लो तिन महिनामा पोखरामा रहेका भाडामा सञ्चालन भएका करिव ७० भन्दा होटल वन्द भइसकेको र अझै केही व्यवसायीले घरधनीलाई चावी वुझाएर हिड्ने तरखरमा समेत रहेको अध्यक्ष तुलाचनले बताउनुभयो । उहाँले भन्नुभयो–“केही घरधनीहरुले भाडा समायोजनसँगै भाडा छुट गरेका व्यवसायीहरु भने अझै पनि पर्ख र हेरको स्थितिमा छन ।” उहाँले भन्नुभयो–“यो असोज महिना शुरु भएपछि केही होला कि भन्नेमा थियौं तर त्यो सम्भव कम भएकोले अझै धेरै व्ययवसायी पलायन हुने स्थितिमा रहेका छन ।”

कोभिड १९ पछिको जटिल परिस्थितिका कारण पोखराको होटल व्यवसायमा आवद्ध करिव १५ प्रत्यक्ष र ३ हजार अप्रत्यक्ष गरी १८ हजार होटल श्रमिकहरुले समेत रोजगार गुमाउन पुगेको अध्यक्ष तुलाचनले बताउनुभयो । “७० प्रतिशत भनदा वढी श्रमिकहरु घर फर्किसकेका छन, उनीहरु कहिले व्यवसाय खुल्छ र आउन पाइन्छ भन्ने तरखरमा छन” उहाँले भन्नुभयो–“अहिले वन्दको स्थितिमा पनि करिव ४ हजार वढी श्रमिकहरु काम गरिरहेका छन ।”

पोखराको होटल व्यवसायमा मासिक ३५ करोडको कारोवार हुँदै आएकोमा अहिले सम्म होटल व्यवसायमा ८ देखि १० अर्ब प्रत्यक्ष नोक्सान भइसकेको अध्यक्ष तुलाचनले बताउनुभयो । “भिजिट नेपाल २०२० लाई दृष्टिगत गरि धेरै व्यवसायीले लगानी गरे तर त्यसको पूर्व सन्ध्यामा यो समस्या खेप्नु प¥यो,” उहाँले थप्नुभयो–“पर्यटन व्ययसायमा धेरै आकाँक्षाहरु थिए त्यो हुन सकेन, सवै साना व्यवसायीलाई सहुलियत कर्जा दिएर जोगाउन आवश्यक छ ।” साना व्यवसायीहरुलाई जोगाउन सके धेरै व्ययवसायीहरुले राहत पाउने हुनाले त्यस तर्फ राज्यले सोच्न आवश्यक रहेको उहाँको भनाई छ । उहाँले पर्यटन क्षेत्रको श्रम शक्तीलाई जोगाउन राज्यको दायित्व रहे सँगै होटल व्यवसायीलाई विद्युत, खानेपानी लगाएत अन्यमा छुटको व्यवस्था गर्न समेत आग्रह गर्नुभयो ।

त्यस्तै रेष्टेरेन्ट एण्ड वार एशोसियसन (रेवान)का अध्यक्ष भिमसेन भुजेलले यतिवेला पोखराको रेष्टुरेन्ट एण्ड वार निकै मारमा परेको बताउनुभयो । उहाँले भन्नुभयो–“रेवानमा आवद्ध १ सय ५ रेष्टुरेन्ट मात्रै होइन यहाँका अन्य ५ सय भन्दा वढी रेष्टुरेन्टहरु पनि वर्तमान परिस्थिती सङ्ग जुझ्दै छन ।” उहाँले पोखरा लेकसाइड क्षेत्रमा रहेका ३ सय भन्दा वढी साना तिना रेष्टुरेन्ट  व्यवसायीहरु  पलायन भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो–“अहिलेको परिस्थिति निकै जटिल छ, रेष्टुरेन्ट व्ययवसायी पलायन मात्रै भएका छैनन, त्यसमा आवद्ध श्रमिकहरुले पनि रोजगार गुमाएका छन ।”

राज्यले वैंकहरुलाई पुर्नकर्जा दिन र सहुलियत दिन भनिरहँदा वैंकले नै व्ल्याकमेलिङ गरिरहेको आरोप लगाउँदै अध्यक्ष भुजेलले भन्नुभयो–“पर्यटन व्यवसायीले राज्यलाई साथ दिइरहँदा पर्यटन व्यवसायीलाई अभिभावकत्व नभिनाउनु दुखद स्थिति हो ।” उहाँले पोखराको रेष्टुरेन्ट व्यवसायमा ५० अर्व भन्दा वढी लगानी धरापमा परको बताउँदै भन्नुभयो–“आफ्नो घर र सारा सम्पती धितो राखेर समाप्त हुने स्थितिमा राज्य कता छ भनेर खोज्नु दुःख लाग्दो विषय हो ।”

अहिले पनि धेरै रेष्टुरेन्ट व्यवासायी भाडा समेत तिर्न नसकेर पलायन भइरहँदा राज्यले व्यवहारिक पाटोमा कत्ति पनि ध्यान नदिएको बताउँदै अहिले पोखरामा पर्यटन व्यवसायीहरु आत्मदाह गर्ने स्थितिमा पुग्दा समेत राज्य विमुख भएको आरोप लगाउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो–“अहिलेको जटिल परिस्थतीमा पर्यटन व्यवासायी धराशायी भएर सुसाइड गर्ने स्थितिमा पुग्दा राज्य के हेरेर बसेको छ ।”

त्यसै गरि ट्रेकिङ एजेन्सी एशोसियशन अफ नेपाल पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले सरकारको गैर जिम्मेवारपन कै कारण पर्यटन व्यवसायी धराशायी बन्ने स्थितिमा पुगेको आरोप लगाउनुभएको छ । अहिले पोखरामा सञ्चालित १ सय ६० भन्दा वढी ट्रेकिङ कम्पनीहरुको १ अर्व भन्दा वढीको लगानी भएकोमा ३२ करोड वैंक तथा वित्तिय संस्थाबाट व्यवसायीले ऋण लिएर व्यवसाय सञ्चालन गरिररहेको जानकारी दिंदै अहिले सवै कुरा धराशायी बन्दै गएको उहाँले  बताउनुभयो । । धेरै कम्पनीहरु भाडा तिर्न नसकेर केही पलायन भए पनि केहीले आफ्नै घरबाट नै व्यवसाय सञ्चालन गरिरहेको स्थिति रहेको उहाँले बताउनुभयो ।

नेपालका पर्यटनका व्यवसायीहरुलाई प्रोत्सहान भन्दा पनि निरुत्साहित गर्न खोजेको बताउँदै अध्यक्ष भुजेलले यतिवेला नेपाल आउने धेरै पर्यटकहरुले अनलाइन मार्फत इन्क्वारी आए पनि पर्यटकलाई कसरी भित्राउने भन्ने बारे सोचनीय विषय रहेको बताउनुभयो । “अहिले धेरै पर्यटकहरुलाई लैजाने गन्तव्यका व्यवसायीलाई राज्यले एसओपीका वारेमा जानकारी दिन सकेको छैन, यदि त्यहाँ गएका पर्यटकहरुनै विरामी परे भने उद्धार कसरी गर्ने भन्ने अन्यौल नै रहेको छ ।” पोखरामा पर्यटकहरु ढुक्क भएर आउनुहोस भन्ने स्थिती अझै नरहेकोले र पर्यटनका गन्तव्यमा रहेका स्थानीयहरुले पर्यटकहरुलाई छिर्न देलान त भन्ने प्रश्न पनि उत्तिकै रहेको उहाँले बताउनुभयो ।

पोखरामा यति वेला २ सयको हाराहारीमा टुर तथा ट्राभल एजेन्सीहरु सञ्चालनमा गण्डकी प्रदेश नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्सीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो–“अहिलेको वर्तमान स्थिति अनुकुल त छैन तर व्यवसाय बचाउन हाम्रा व्यवसायहरु सञ्चालन गर्न दिन सकरालाई वारम्वार आग्रह गरिरहेका छौं ।” “कम्तिमा पनि वैंकबाट लिएको कर्जामा सहुलियत दिएर स्वास्थ्यका प्रोटोकलहरु अवलम्वन गर्नेहो भने व्यवसायीका साथै मजदुरहरुलाई पनि राहत हुनेथियो”, उहाँले भन्नुभयो ।

पोखराको टुर एण्ड ट्राभल एजेन्सीमा करिव ३ अर्वको लगानी रहेको बताउँदै अध्यक्ष सिग्देलले यसमा करिव १ हजार १ सय प्रत्यक्ष रोजगार प्राप्त गरेको जानकारी दिनुभयो । अहिलेको विषम परिस्थतिमा आफ्ना व्यवसाय जोगाउँदै संघले अव २०२२ का लागि नयाँ योजनाका साथ अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो–“अवको दुई वर्ष पर्यटन व्यवसायले निकै अप्ठ्यारो स्थितिवाट हिड्नुपर्ने वाध्यता छ” उहाँले थप्नु भयो–“विदेशी पर्यटक भन्दा पनि आन्तरिक पर्यटनमा वढवा दिन र स्वास्थ्यका मापदण्ड अपनाउँदै होटल सञ्चालकहरु सँग मिलेर अघि वढ्ने कि भन्ने सोँचमा छौं ।”

सम्बन्धित खवर