पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय २१ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय २१ जनामा कोरोना संक्रमण

काठमाडौं– मुलुकका विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहँदा पनि कोरोना भाइरस संक्रमण दर पनि उकालो लागेको छ । बितेको २४ घण्टामा देशभर १ हजार २ सय २१ जना संक्रमित भएका छन् ।

१२ हजार ७ सय १७ जनाको कोरोना पीसीआर परीक्षण गर्दा १ हजार २ सय २१ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा संक्रमितको संख्या पुनः बढेको छ । उपत्यकामा आइतबार ४ सय २९ जना संक्रमित भए । काठमाडौंमा ३७२ जना, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना संक्रमित भए ।

पछिल्लो २४ घण्टामा २ सय ६७ जना डिस्चार्ज भए । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ ।

कोरोनाबाट थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर