पोखरामा आइसोलेसन कक्षको अभाव

पोखरामा आइसोलेसन कक्षको अभाव

पोखरा : संक्रमितको संख्या बढ्दै जाँदा पोखरामा आइसोलेसन बेडको संख्याको अभाव देखिन थालेको छ । पछिल्लो समय संक्रमितको दर बढेपछि आइसोलेसन बेडको अभाव देखिएको हो । गण्डकी प्रदेश सरकारको डेडिकेटेड कोरोना अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रष्तिठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हाल ४० बेड क्षमताको आइसोलेसन कक्ष रहेकोमा संक्रमति बढेपछि बेड संख्याको अभाव देखिएको छ ।

अस्पताल निर्देशक डाक्टर अर्जुन आचार्यले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोरोना अस्पतालमा अहिले ४० जनाको क्षमता रहेको बताए । जसमध्ये १० वटा आइसियू र बाँकी ३० जना पोजेटिभ आएको र अन्य लक्षण देखिएका हामी राख्न सकिने बताए । उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मात्रै व्यवस्थापन गर्ने भन्दापनि सबै स्थानीय तह प्रदेश सरकार मिलेर यसको व्यवस्थापन गर्नुपर्ने बताए ।

शिशुवामा पनि संक्रामक तथा सरुवा रोग अस्पताल निर्माण भएको र मालेपाटनमा पनि क्वारेण्टिन रहेकोमा सँगसँगै अरु पनि बढाउने तयारी भइरहेको उनले जानकारी दिए । संक्रमण देखिएका गम्भीर बिरामीको भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले नै उपचार गरिरहेको उनले बताए ।

पछिल्लो समयमा स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भइरहेको छ । स्वास्थ्यकर्मी नै संक्रमित हुँदा नियमित सेवा दिन गाह्रो भई रहेको उनले बताए । ‘एकदमै गाह्रो भइरहेको छ । इमर्जेन्सी वार्डमा, ओपिडीमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुँदा नियमित सेवा प्रदान गर्न एकदमै गाह्रो भइरहेको छ । तर, अस्पतालका अन्य सेवा पनि बन्द गरेका छैनौं ।

कर्मचारीहरु कम भएको हुनाले वार्ड पनि मर्ज गरेका छौं’, उनले भने, ‘संक्रमितहरुलाई क्वारेण्टिनमा लैजानुप¥यो । पिसिआर गर्नुप¥यो । त्यो गर्दा हामीलाई जनशक्ति अभाव छ ।’ केही समयअघि मात्रै इमर्जेन्सी वार्डमा उपचारका लागि भर्ना भएका बिरामीमा पुष्टि हुँदा ३३ जना स्वास्थ्यकर्मी कन्ट्याक्ट ट्रेसिबमा परेका थिए । उपचारका लागि आएका बिरामीमध्ये शंका लागेका बिरामीलाई प्रि आइसोलेसनमा राखेर उपचार गर्नू पर्नेमा कर्मचारीको अभाव हुँदा अस्पतालले प्रि आइसोलेसन तयार पारे पनि सञ्चालनमा आउन सकेको थिएन ।

डाक्टर आचार्यले सक्दो चाँडो प्रि आइसोलेनसनलाई सञ्चालनमा ल्याउने बताए । कास्की जिल्लाको हकमा सामाजिक विकास मन्त्रालय, महानगर प्रमुखको समन्वयमा आइसोलेसन कक्ष बिस्तार गर्ने भनेर छलफल भइरहेको उनले जानकारी दिए । ‘त्यसको लागि हामीले प्रतिवेदन पनि बुझाइ सकेका छौं । त्यो कार्यान्वयन भयो भने मात्रै पनि यहाँ धेरै सहज हुन्छ’, उनले भने । आइसोलेसन कक्ष बिस्तारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १५ बेड, मितेरी अस्पतालमा १० बेड आइसियू र भेन्टिलेटरसहितको थप्न सकिने प्रस्ताव आफूहरुले गरेको उनले बताए । चाहिने खर्च र मेनपावरको विवरण पनि पेश गरेको उनले जानकारी दिए ।

‘जनशक्ति मेसिन थिएन’

अहिले गण्डकीमा दैनिक १ हजार बढी स्वाब जाँच गर्ने मेसिन क्षमता छ । त्यही अनुसारको जनशक्ति पनि छन् । यद्यपि, महामारी आउनुअघि प्रदेश सरकारले जिरो लेभलबाट महामारिसँग युद्ध सुरु गरेको प्रदेश सरकारकी सामाजिक विकासमन्त्री नरदेवी पुनले बताइन् । अहिले परिक्षण बढाउने काम भइरहेको उनले बताइन् । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक्स्यासन मेसिन पठाइदिएको छ ।

गण्डकी प्रदेश सरकारले पनि त्यही क्षमताको मेसिन किनेको छ । नयाँ पिसिआर मेसिन पनि आएको छ,’ उनले भनिन्, ‘गण्डकी प्रदेश प्रयोगशालाले क्षयरोग केन्द्रमा सञ्चालन गरेको ल्याब छ । त्यो ल्याबमा ३ वटा पिसिआर मेसिन र दुईवटा एक्स्यासन मेसिन छ । हिजो मात्रै मलाई जानकारी आएको छ । केन्द्र सरकारले बागलुङमा पनि प्रयोगशाला खडा गर्ने गरि १ करोड रुपैयाँ छुट्याएको छ ।’

हिजो गण्डकी प्रदेशमा स्वाब कलेक्सन गरेर काठमाडौं पठाउनु पर्ने अवस्था रहे पनि आज दैनिक एक हजार बढी स्वाब जाँच्न सक्ने क्षमता रहेको उनले बताइन् । जनशक्ति र प्रयोगशाला बिना नै कोरोना महामारिसँग भिड्न अघि सरेको गण्डकी सरकारसँग अहिले २ वटा प्रयोगशाला र २८ जना प्रयोगशालामा काम गर्ने दक्ष जनशक्ति रहेको उनले सुनाइन् । ‘बाहिरबाट आउनु भएको २ जना जनशक्तिले ४ जनालाई सिकाउनु भयो र ४ जनाले २८ जनालाई सिकाउनुभयो ।

अहिले हामीसँग २८ जना जनशक्ति छन्’, उनले भनिन्, ‘कोरोना संक्रमण फैलिदै जाँदा हामीसँग सुरुमा त केही पनि थिएन् ।’ अहिले कम्युनिटी लेभलमा स्याम्पलिबको काम चलिरहेको उनले बताइन् । आइसोलेसन कक्षको विस्तारमा प्रदेश सरकार लागि परेको उनको भनाई छ । कोरोना संक्रमणले सरकारलाई घचघच्याएको उनले सुनाइन् । ‘सात प्रदेशमध्ये गण्डकी प्रदेशले सरुवा रोग अस्पताल बनाउनुपर्छ भनेर आवाज उठायो ।

त्यही आवाजलाई नेपाल सरकारले स्वीकृत गरेर आफ्नो नीति तथा कार्यक्रममा हरेक अस्पतालमा संक्रामक रोग तथा सरुवा रोग अस्पताल बनाउनुपर्छ भनेर निर्णय ग¥यो,’ उनले भनिन्, ‘त्यो भन्दा पहिले लेखनाथ सामुदायिक लायन्स अस्पतालसँग छलफल गरेर यो अस्पताललाई हाम्रो प्रदेश सरकारको स्वामित्वमा ल्याइसकेका छौं । व्यवस्थापन गरेका छौं । त्यहाँ कोरोना संक्रमितलाई राख्ने काम गरिरहेका छौं ।’ अहिले प्रदेश सरकारको ३८ वटा आइसोलेसन कक्ष छ । जिल्ला जिल्लामा पनि आइसोलेसन विस्तार भइरहेका छन् ।

यद्यपि, गण्डकी सरकारले ९ जिल्लाका अस्पताललाई ३ वटा भेन्टिलेटर र ५ वटा आइसियू शैय्या मनाब र मुस्ताब ३ वटा आइसियू शैया र २ वटा भेन्टिलेटर व्यवस्थापन गर्ने बजेट व्यवस्थापन गरेको छ । तर, बजारमा अभावका कारण विभिन्न कारणले ४ वटा अस्पतालले लिन सकेको उनले बताइन् । अरु सबै अस्पतालमा यसको व्यवस्थापन भइसकेको र दक्ष जनशक्तिको व्यवस्थापन गरेर अगाडी बड्ने उनले सुनाइन् ।

सम्बन्धित खवर