मोरङका ६ पालिका प्रमुखले गरे मुख्यमन्त्रीको ध्यानाकर्षण

मोरङका ६ पालिका प्रमुखले गरे मुख्यमन्त्रीको ध्यानाकर्षण

किरण न्यौपाने, रंगेली

दक्षिणपुर्वी मोरङका ६ पालिका मेयर र अध्यक्षहरुले संयुक्त रूपमा १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राई र मोरङका प्रमुख जिल्ला अधिकारीलाई भेटेका छन् । पछिल्लो समयकोरोनाको महामारी लगाएतका विषयमा ध्यानाकर्षण गराउन उनिहरुले मुख्यमन्त्री कार्यालय सम्म पुगेका हुन् ।

भारतीय सिमासंग जोडिएका मोरङका ६ पालिकाहरुमा समुदाय स्तरमै फैलिएको कोरोनाको अवस्था र करिव २० दिन देखिको लडकडाउन, शिल एरिया राखेपछि कोरोना नियन्त्र हुदै गएको वस्तुस्थिती, सो बेला दैनिक मजदुरी गरी खानेहरुको अवस्थालाई मध्यनजर गरी ६ पालिकाहरुले भदौ ९ गते संयुक्त बैठक बसेको थियो । बैठकबाट ६ देखि १२ बजेसम्म सामाजिक दुरी पालना गरी पसल तथा बजार खोल्ने निर्णय र कोरोना संक्रमित राख्नका लागि प्रदेशका आईसोलेशन भरिएको, आफ्ना जनताले उपचारका लागि समस्या भोग्नु परेको, स्थानिय तहमै आईसोलेशन राख्न समाजले नदिने गरेको, आईसोलेशन राख्न समेत आर्थिक क्षमता पालिकाहरुसंग नरहेको, कृषकहरुले मलको समस्या भोग्नु परेको लगाएतका विषयमा जानकारी गराएका छन् ।

मुख्यमन्त्री राईसंग रंगेली, रतुवामाई, सुनवर्षी नगरपालिका सहित धनपालथान, जहदा र कटहरी गाउँपालिका मेयर र अध्यक्षले भेटेका हुन् । सो क्रममा मुख्यमन्त्री राईले आईसोलेशन निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको रंगेलीका मेयर दिलिप वगडियाले जानकारी दिए ।

मुख्यमन्त्रीसंगको भेटमा सिमा क्षेत्रमा हुने गरेको तस्करी र सिमा कडाई बरे समेत ध्यानकर्षण गरिएको रतुवामाईका मेयर रविन राईले जानकारी दिए ।

सम्बन्धित खवर