२० केजी युरीया किन्न तिन घण्टा लाइन, ३ डल्ला साबुन अनिवार्य

२० केजी युरीया किन्न तिन घण्टा लाइन, ३ डल्ला साबुन अनिवार्य

अर्जुन काफ्ले, पथरी

राशायनिक मल युरीयाको अभाव झेलेका मोरङ्ग पथरी शनिश्चरेका किसानले मल लिन थप सास्ती व्योहोर्नु प¥यो । विहिवार पथरी शनिश्चरे १ को मुना कृषी भण्डारले एक कृषी सहकारीको मल विक्रि गरेको थियो । सो कृषी भण्डारले १ सय बोरा युरीया विक्रि गरेपनि लाइनमा लागेका सवै किसानले मल पाउन सकेनन् ।

प्रती व्याक्ति २० केजीका दरले सो कृषी भण्डारले मल विक्रि गरेपनि २ घण्टा भन्दा बढि समय देखी लाइनमा बसेका किसानले मल नपाएको बताए । मल पाउने आसमा लाइनमा लागेको २ घण्टा पछि मल सकिएको जानकारी पाएपछि रित्तै घर फर्किनु परेको पथरी शनिश्चरे ३ का प्रदिप काफ्लेले बताए । यता तिन घण्टा लामो लाइन लागेर युरिया लिएका किसानलाई साल्ट्र ट्रेडिङ्गले पठाएको भन्दै सन्तुर नाममो सावुन जवरजस्ती खरिद गर्न लगाइयो ।

पथरी शनिश्चरे ३ कै नविन निरौलाका अनुसार बजार भाउ २५ रुपैँया पनि नपर्ने सावुनलाई ग्राहकसंग ३३ रुपैँया असुलिएको हो । ‘२० केजी युरीया किन्दा १ सय रुपैँयाको सावुन जवरजस्ती किन्न लगाइयो ’उनले भने ‘युरीया किन्दा नि अरु सामान भिडाउने कस्तो प्रचलन ?’

युरीया आएको थाह भएका किसान विहानै देखि पथरीको मध्य बजारमा लाइन लागेर बसेका थिए । लाइनलाई व्यावस्थापन गर्न कोरनाको संक्रमण बढ्ने भन्दै लकडाउन गरेको पथरी शनिश्चरे नगरपालिकाले नगर प्रहरी समेत परिचालन गरेको थियो । राशायनिक मल युरीयाको अभावमा किसानका धान मर्न थालेका छन् । पोटाउने समयका धान युरीया अभावकै कारण कम उत्पादन हुने चिन्ता किसानमा परेको छ । समयमा साल्ट ट्रेडिङ्ग र कृषि सामाग्री संस्थानले युरीया आयत नगर्दा किसानले मल लगाउन पाएका थिएनन् । थोरै मात्रामा आएको युरीया केहि किसानले पाए पनि अधिकांश किसान घण्टौँ लाइनमा बसेर नि रित्तै घर फर्किन बाध्य भएका छन् ।

सम्बन्धित खवर