मोरङमा थप एक कोरोना सङ्क्रमितको मृत्यु, मृतक बेलबारिकी महिला

मोरङमा थप एक कोरोना सङ्क्रमितको मृत्यु, मृतक बेलबारिकी महिला

मोरङमा थप एक कोरोना सङक्रमितको मृत्यु भएको छ ।मोरङ बेलबारी नगरपालिका वडा नम्बर ५ कि ५५ वार्षिया एक महिलाको उपचारका क्रममा आज धरान स्थित कोभिड अस्पतालमा मृत्यु भएको हो ।
यो संगै मोरङमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । भने बेलबारीमा पहिलोपटक कोरोना संक्रमितको ज्यान गएको छ ।
भदौ ५ गते बिरामी भएर मोरङको सहकारी अस्पताल बिराटनगर गउकी उनलाई ७ गते कोशी अस्पताल पठाइृएको थियो । ७ गते कोशी अस्पतालमा कोरोना पुष्टि भएपछि उनलाई ८ गते साँझ धरान लगिएको थियो ।
उपचारका क्रममा उनको आज बिहान ३ बजे मृत्यु भएको बेलबारी नगरपालि स्वास्थ्य शाखाले जानकारी दिएको छ । बृद्धाको मृत्युसँगै बेलबारीमा मृत्यु हुनेको संख्या १ पुगेको छ भने संक्रमितिको संख्या २२ भएको छ ।

सम्बन्धित खवर