रबिन्द्र बराल, रंगेली
रंगेली नगरपालिकाले व्यवसाय, बित्तिय संघ संस्थासंग छालफल गरि बिहान ६ बजे देखि १२ बजे सम्म पसल बजार खोल्ने निर्णय गरेको छ । आज बसेको बैठकले सामाजिक दुरि कायम गरेर बजार तथा पसलहरु खोल्ने निर्णय गरेको हो ।
बैंक तथा बित्तीय संस्थाहरु बिहान ९ः३० देखि १२ बजे सम्म खुल्ला गरिने भएको छ । रंगेली नगरपालिकामा दर्क्षिण भेगमा रहेको कटहरी, जहदा, धनपालथान, रंगेली, सुनवर्षी र रतुवामाईको संयुक्त बैठकबाट ११ गते देखि बजार तथा पसलहरु खोल्ने निर्णय भएको हो । यो अवधीमा लकडाउन भने कायम नै रहने भएको छ ।
कृषकका लागि कृषि मलखाद पसल सुरक्षा मापडण्ढ अपनाएर २४ घण्टा खोल्ने निर्णय भएको छ । पछिल्लो समय रंगेली नगरपालिकामा एकै परिवारका १४ जनालाई कोरोना पोजेटिभ देखा परेपछि त्रास फैलिएको थियो । नगरपालिकाले साउन १९ गतेदेखि भदौ १० गतेसम्मका लागि वडा नम्बर ४,५,६ र ७ पुर्ण रुपमा निषेधाज्ञा समेत गरेको थियो । पछिल्लो समयमा रंगेलीमा कोरोना केही मात्रामा नियन्त्रणमा आउन थालेको छ ।