खुल्ला तेक्वान्दोमा चितवन तेक्वान्दो दोजाङ पनि सहभागी हुने

खुल्ला तेक्वान्दोमा चितवन तेक्वान्दो दोजाङ पनि सहभागी हुने

पोखरा : नेपाल तेक्वान्दो संघ अन्तर्गत नेपालकै प्रथम काठमाडौ खुल्ला राष्ट्रिय तेक्वान्दो पुम्से अनलाइन च्याम्पियनशिपमा चितवन तेक्वान्दो दोजाङ पनि सहभागी हुने भएको छ । यहि भाद्र १३ र १४ गते हुने खेलमा चितवनले ८ जना खेलाडी सहभागी गराउने तयारी गरेको छ ।

खेलमा महमद उमर खान, अभिषेक गिरी, अब्बास खान, उस्मन कार्की, सागर बराल, जैनब खातुन, आँचल बच्पेय र अब्बास अनसारी सहभागी हुनेछन् । सहभागी खेलाडीहरुलाई च्याम्पियनशिपमा लाग्ने खर्च र प्रवेश शुल्क तेक्वान्दो कै अन्तर्राष्ट्रिय खिलाडी हाल भारतीय सेनामा कार्यरत रमेश कार्कीले व्यहोर्ने चितवनका अन्तर्राष्ट्रिय प्रशिक्षक ग्रान्ड मास्टर रोशन खानले जानकारी दिए । कार्की आफैले पनि तेक्वान्दोकै कारणले थुप्रै अवसर पाएको भन्दै तेक्वान्दोमा सहभागी सबैलाई सहयोग गर्दै आएका छन् ।

सम्बन्धित खवर