बिपीमा थप एक कोरोना संक्रमितको मृत्यु

बिपीमा थप एक कोरोना संक्रमितको मृत्यु

 

विराटनगर । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिँउसो एक कोरोना संक्रमित युवाको मृत्युु भएको छ ।

सिरहाको गोविन्दपूरका २२ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाले जानकारी दिनुभयो ।

भदौ २ गते प्रतिष्ठानमा भर्ना गरिएका उनलाई कोरोना देखिएपछि कोभिड अस्पतालमा रेफर गरिएको थियो । उनलाई विस्तारै श्वासप्रश्वासमा समस्या देखिन थालेपनि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा दिउँसो ३ बजे मृत्युु भएको हो ।

मुुटुुको दीर्घरोगी उनी नियमित लागुुपदार्थ सेवन गर्ने व्यक्ति रहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा ५ जना प्रदेश २ का छन् भने ३ जना सुनसरीको धरानका र १४ जना मोरङका हुन् ।

सम्बन्धित खवर