राजेन्द्र महतो, लहान
प्रदेश नं २ मा कोरोना भाइरसको संक्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने को संख्या बढेको छ । जिल्लामा रहेका आइसोलेशन तथा अस्पतालहरुको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या बढेको हो ।
भदौ शुरु भए देखि ६ दिन भित्रमा होम आइसोलेसनमा स्नेको संख्या ३ हजार २ सय ७ पुगेको छ । साउन मसान्तमा यो सङ्ख्या १ हजार ६३ थियो । भदौको छ दिनमा मात्रै २ हजार १ सय ४४ जना होम आइसोलेसनमा बस्ने थपएिका हुन् ।
आफ्नै घरमा रेखदेख, स्याहारसम्भार र वास्ता राम्रो हुने ठहरका साथ होम आइसोलेसनमा बस्नेहरुले बताएका छन् । ठिक आहारव्यवहार, सन्तुलित खानपान र भौतिक दूरी निर्वाहबाट सङ्क्रमणमुक्त हुन सकिने भए पछि यस्ता संक्रमति आफ्नै घरमा बस्न थालेका हुन् ।
प्रदेश नं २ का आठवटै जल्लिामा गरी भदौ लागेयता एक हजार ५ सय ५५ नयाँ संक्रमति थपएिका छन् । यिनीहरुमध्ये धेरैजसो र यसअघिका समेत गरी अहिले होम आइसोलेसनमा बस्नेको सङ्ख्या ३ हजार २ सय ७ पुगेको प्रदेश नं २ को सामाजिक विकाश मन्त्रालयले जनाएको छ । हालसम्म सिरहामा मात्रै होम आइसोलेसनमा बस्नेको संख्या शुन्य रहेको छ । अहिले पर्सामा ७६६, रौतहटमा ७०४, महोत्तरीमा ६५१, धनुषा र सर्लाहीमा ३६० एवं बारामा २९१ जना संक्रमण पुष्टि भएकाहरु होमआइसोलेसनमा बसेका मन्त्रालयको तथ्याङ्क छ ।
प्रदेश नं २ का सबै जिल्लामा अहिले निशेधाज्ञा जारी छ । पछिल्लो पटक भदौ १ गते प्रदेशका आठवटै जिल्ला प्रशासनले निशेधाज्ञा अवधी थप्दै लगेका छन् । कडाइपूर्वकको निशेधाज्ञा अबधी भित्र पनि कोभडि १९ संक्रमण बढ्दो देखिएको छ ।
भदौ लागेपछि मात्रै प्रदेशभरी एक हजार ५५५ नयाँ सङ्क्रमित थपिएकाछन् । यसै अवधिमा १४ संक्रमितको मृत्यु भएको छ । शनिबार सम्ममा प्रदेशका आठवटै जिल्लामा गरी कूल संक्रमति आठ हजार ५२० पुगेको छ । साउन मसान्तमा यो सङ्ख्या छ हजार ९६५ थियो ।
साउन मसान्तमा ४५ रहेको मृतक सङ्ख्या अहिले सम्म बढेर ५९ पुगेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अभिलेखले देखाएको हो । प्रदेश नं २ मा गत साउनमा मात्रै तीन हजार ५४ मा सङ्क्रमण भएको हो । साउन मसान्तसम्म कूल छ हजार ९६५ मा सङ्क्रमण पुष्टि भएको थियो ।
गत साउनमै प्रदेशमा कोभडि १९ सङ्क्रमण पुष्टि भएका ४२ जनाको मृत्यु भएको थियो । कूल संक्रमित मृत्यु हालसम्मका ५९ मध्ये दुई गत जेठमा र एक असारमा मृत्यु भएका सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । असार मसान्तसम्ममा तीन हजार ९११ मा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।