अर्जुन विकको जीवनीमा मेलखाने मनछुने गीत बजारमा

अर्जुन विकको जीवनीमा मेलखाने मनछुने गीत बजारमा

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा बिशाल निरौलाको स्वर तथा संगीतमा नयाँ निकै मन छुने गीत “छोडेर गयौ नि” पनि भर्खरै सार्वजनिक भएको छ ।

प्रस्तुत गीतको भिडियोमा अहिलेका निकै भाइरल अर्जुन बिकले निकै मुटु छुने अभिनय गरेका छ्न्, अर्जुन कै जीवनमा ठ्यक्कै मेल खाने छ, गीतले अर्जुन कै जिवन बोली रहेको अनुभुती हुन्छ । अर्जुनसंगै भिडियोमा अनिता वाइबाले साथ दिएकी छिन् ।

कृष्ण पिकेद्वारा रचित “छोडेर गयौ नि” बोलको गीतको म्युजिक भिडियो निकै उत्कृष्ट बनेको देख्न सकिन्छ । भिडियोलाई निर्देशन एकान्त मगरले गरेका हुन् भने छायांकन नरेश आयर र एकान्त मगरले नै सम्पादन गरेका छन् । गीत तथा भिडियो बिशल निरौलाको युटुब च्यानलबाट बजारमा आएको छ ।

सम्बन्धित खवर