अध्यक्षकै निर्देशनमा नागरिकमाथी प्रहरीको निर्घात कुटपिट

अध्यक्षकै निर्देशनमा नागरिकमाथी प्रहरीको निर्घात कुटपिट

रबिन्द्र बराल, रंगेली

वडाअध्यक्षकै निर्देशनमा नागरिकमाथी निर्घात कुटपिट गरेपछि रंगेलीमा तनाव भएको छ । मोरङको रंगेली नगरपालिका ५ स्थित आमगाछिमा रहेको प्रहरीचौकी (ख) आमगाछिमा बुधबार राति प्रहरीद्वारा सर्वसाधारण माथि अन्धाधुन्ध लाठि प्रहार गरेपछि तनाब भएको हो ।

कुटपिट पछि राति नै प्रहरी कार्यलय स्थानीयले घेराउ गरेका थिए । वडाध्यक्षले वडामा ५ जनालाई कोराना पोजेटिभ देखिएपछि वडाका प्रतिनिधि तथा प्रहरीहरुले बिहीबार देखि वडामा कडाइ गर्न निर्णय गरेको थियो । हिजो बेलुका प्रहरी तथा वडाअध्यक्ष महानन्द मण्डलसंगै गएर घरको आँगन तथा खेतबाट आउदै गरेका वृद्ध, बालबालिका तथा युवाहरुलाई लाठि बर्साएको स्थानीयले बताएका छन् । प्रहरीका असई भुट्कन यादव र सन्तोष यादवले स्थानीयहरुलाई अन्धाधुन्ध लाठी प्रहार गरेको स्थानीयले बताएका छन् ।

अध्यक्ष कै रोहवरमा आफूहरुलाई कुटपिट गरेको स्थानीय दिगम्वर मण्डले बताए । यता अध्यक्ष महानन्द मंन्डलले भने आफुले कुनै पनि निर्देशन नदिएको बताएका छन् । अहिले प्रहरीचौकीमा स्थानीयले घेराउ समेत गरेका छन् । आक्रोसित समुहले राति प्रहरीचौकीका सहि सन्तोष यादवको टाउको समेत चोट पु¥याएका थिए । आफुलाई बचाउ गर्ने प्रहरीले एक राउन्ड हवाई फाईर समेत गरेको मण्डलले बताएका छन् ।

प्रहरीले बिरेन्द्र मंण्डल, मोतिलाल मंण्डल, रमेश मंण्डल, अनुज मंण्डल लागयत ३० जना भन्दा बढिलाई कुटपिट गरेको स्थानीय नरेश मण्डलले बताएका छन् ।

सम्बन्धित खवर