सिरहामा मृत अबस्थामा एक पुरुषको शव फेला

सिरहामा मृत अबस्थामा एक पुरुषको शव फेला

राजेन्द्र महतो, लहान

सिरहामा मृत अबस्थामा एकजना पुरुषको शव फेला परेको छ । प्रहरीले आइतबार सिरहाको सिरहा नगरपालिका वडा नं. १५ सुखचैनामा मिर्चैया नपा ९ रामपुराका कृतिलाल महतोको २४ वर्षीय छोरा उमेश कुमार महतोको मृत अबस्थामा शव फेला पारेको हो।

महतोको सुखचैना स्थित बुधौरा घासघारीमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान तथा छानविन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी विनोद घिमिरेले जानकारी दिए ।

सम्बन्धित खवर