लिदीको पहिरोमा पुरिएका मध्ये ४ जनाको शव भेटियो, अझै ३८ जना बेपत्ता

लिदीको पहिरोमा पुरिएका मध्ये ४ जनाको शव भेटियो, अझै ३८ जना बेपत्ता

गोल्चे, सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरोमा परेकामध्ये ४ जनाको शव फेला परेको छ । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा ४ सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा ३८ जना अझै वेपत्ता छन् ।

पहिरोले ३७ घर पूर्ण रुपमा ध्वस्त भएको छ । खोज तथा उद्धार अझै जारी छ । बिहानीपख पहिरो गएकाले पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । वेपत्ता हुनेहरुमा छिरिङ दोङ, टीकामाई दोङ, साङ दोङ, च्यामा दोङ, करिस्मा दोङ, सुमन दोङ, सुरज दोङ, दिन्दुस दोङ, सानुकान्छी दोङ (गर्भवती), हिरा ढाक्री रहेका छन् ।

त्यस्तै जिते ढाक्री, सोनाम दोङ, साङलोमो दोङ, सानुकान्छा दोङ, विविलक्ष्मी दोङ, विविरानी दोङ, धनलक्ष्मी दोङ, सोमरानी दोङ, छविलाल दोङ, सुवास तामा तामाङ, आयुष दोङ, साइली दोङ, प्रकाश दोङ, माइला पहराङ, विमला दोङ, मिलन दोङ, मेकमाया दोङ, रेनिश दोङ, धनमाया दोङ, वाम्छी लामा, सानुकान्छी दोङ, कान्छी दोङ, प्रिति दोङ, प्रिया दोङ, सञ्जयबहादुर दोङ, मानबहादुर दोङ रहेका छन् ।

सम्बन्धित खवर