घरघरमा बिजुली जोडिदिन्छु ः कृष्ण कार्की

घरघरमा बिजुली जोडिदिन्छु ः कृष्ण कार्की

रतुवामाइ, मोरङको रतुवामाइ नगरभित्र व्यत्तीगत उज्यालो कार्यक्रम अन्तरगत युवा समाजसेवी कृष्ण कार्कीले सबैको घरमा बिजुली बत्ति बिधुत जडान गरिदिने घोषणा गर्नुभएको छ ।

कार्कीले आर्थिक स्थर कमजोरो भै अझै पनि टुकि बत्ती बाल्नु पर्ने बाध्यतमक अवस्था भएका परिवारको घरमा बिजुलीको वाइरिङ गरिदिने, मिटर जडान गरिदिने घोषणा गर्नु भएको हो । त्यसका लागि रतुवामाइ नगरपालिकाको नगर क्षेत्र भित्र बसोबास गर्ने टुकि बालिरहेका परिवारले आफ्नो परिचयपत्रको फोटोकपि सहित स्थानिय नरेश धामीको ९८५२०७२२८५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

कार्की भन्नुहुन्छ ‘अहिले नगरे कहिले गर्ने, युवा नगरे कसले गर्ने, आफू परदेशमा भएनि नेपालीले दुख पाएको सुन्नै सक्दिन त्यसले सहयोग नगरी मन नै मान्दैन शान्ति नै मिल्दैन ।’ कार्कीले रतुवामाई नगरपालिकामा एम्बुलेन्सको भाडा तिरिदिने यस अघि नै घोषणा गरिसक्नुभएको छ । उक्त्त कार्यक्रमलाई पनि निरन्तरता दिइरहने कार्कीले प्रतिवद्धता पनि गर्नुभएको छ ।

यतिमात्रै हैन् शिक्षा लिनबाट बञ्चित रहेकाललाई समेत कार्कीले सहयोग गर्दै आउनुभएको छ । कार्कीले बिगतमा नगरमा रहेका बिपन्न सुकुम्बासी परिवारको ११ घर समेत निमार्ण गरिसक्नुभएको छ । यस्तै रतुवामाइ र ओखलढुङ्गाका ३० जना वृद्ध वृद्धालाई मासिक एक हजार आर्थिक सहयोग गर्ने जस्ता सामाजिक कामलाई निरन्तरता दिइरहेका छ्न् ।

ओखलढुङ्गामा जन्मिएका कार्कीको हालको स्थाइ ठेगाना रतुवामाई १० मा पर्छ । समाज सेवामा तल्लीन रहेका कार्की हाल जापानमा कार्यरत हुनुहुन्छ ।

सम्बन्धित खवर