अबैध रुपमा बालुवा, गिटी र ढुङगा चोरी निकासी गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा

अबैध रुपमा बालुवा, गिटी र ढुङगा चोरी निकासी गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा

 

उदयपुर : उदयपुरमा अबैध रुपमा बालुवा, गिटी र ढुङगा चोरी निकासी गर्ने ७ वटा ट्याक्टर प्रहरीले नियन्त्रण गरेको छ ।

जिल्ला भित्र रहेको बिभिन्न प्राकृतिक स्रोत साधनहरु अनाधिकृत रुपमा गरिने दोहन चोरी निकासी कार्यमा प्रयोग भएका ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम बहादुर दाहालले जानकारी दिनुभयो ।

साउन १९ गते राति जिल्लाको उदयपुरगढी गाँउपालिका वडा न। ७ स्थित रहेको बलान खोलाबाट स १ त ४९८२, स १ त ४७११, स १ त ६९९४, स १ त ७४००, स १ त ५०२७, स १ त ७००९ र अन टेस्ट नम्बरको ट्याक्टर नियन्त्रण गरिएको एसपी दाहालले बताउनुभयो ।

रातको समयमा खोलाबाट अबैध रुपमा बालुवा, गिटी, ढुङगा चोरी, निकासी गर्नका लागि लुकीछिपी रहेका ७ वटा ट्याक्टरहरुलाई प्रहरीको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको एसपी दाहालले बताउनुभयो ।

सम्बन्धित खवर