पशु बधशाला निर्माणको अन्तिम चरणमा

पशु बधशाला निर्माणको अन्तिम चरणमा

पथरी, मोरङको पथरी शनिश्चरे नगरस्थित पथरी बजारमा व्यवस्थित पशु बधशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत प्रदेश सरकार र पथरीशनिश्चरे नगरपालिकाको संयुक्त लगानीमा पथरीको गोसलाइन क्षेत्रमा वधशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । जसको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको अनुगमन् टोलीले हालसम्मको अवस्थाका बारेमा अनुगमन गरेको छ ।

प्रदेश सरकारको बढीमा ५० लाख तथा अन्य नगरपालिका कार्यालयको गरी ७५ लाख १४ हजार ४ सय ५१ रुपैयाँको स्टिमेट रहेकोमा ५० लाख ९३ हजार ५ सय ७९ रुपैयाँमा मादी आरकेडा कन्ट्क्सन इटहरीले ठेक्कामा लिएको थियो ।

बधशालामा दैनिक ठूला पशु ५ वटा र साना १२ वटासम्म वध गर्न मिल्ने स्थल वन्ने नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भएको छ । बधशाला निर्माण पश्चात बधगर्ने र प्रसोधन गर्ने व्यवस्थित स्थल बन्ने भएको छ ।

सम्बन्धित खवर