सुन्दरहरैँचा पनि लकडाउन गर्ने निर्णय, अत्यावश्यक काम बहेक सबै बन्द

सुन्दरहरैँचा पनि लकडाउन गर्ने निर्णय, अत्यावश्यक काम बहेक सबै बन्द

विराटचोक, कोरोना भाइरसको जोखिम बढ्दै गएपछि मोरङको सुन्दरहरैँचा नगरपालिका पनि पूनः लकडाउन गर्ने निर्णय गरिएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले विहिबार देखि ९ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

२२ गते बिहीबारदेखि ९ दिनका लागि होटल, ब्युटीपार्लर, सैलुन, फुटसल, जिमखाना, हटिया, बजार, सार्वजनिक यातायात लगायत अत्यावश्यक काम बाहेकका सवारीहरु बन्द हुने भएका हुन् ।

त्यस्तै, नगरपालिका कार्यालय र वडा कार्यालयबाट हुने सेवाहरू बन्द गर्ने निर्णय गरेको नगरप्रमुखको निजी सचिवालयका निरज न्यौपानेले बताए । अत्यावश्यक काम हुनेले मास्क लगाएर मात्र हिँड्न पाइने बताइएको छ । न्यौपानेका अनुसार हाललाई साउन ३० गते सम्मका लागि मात्रै लकडाउन गर्ने निर्णय भएको छ ।

 

सम्बन्धित खवर