इटहरीमा लकडाउन हुने, आजै आवश्यक सामान खरिद गर्न उपमेयरको आग्रह

इटहरीमा लकडाउन हुने, आजै आवश्यक सामान खरिद गर्न उपमेयरको आग्रह

इटहरी, इटहरी उपमहानगरपालिका लकडाउन गरिने भएको छ । लकडाउन गर्ने भएपछि आजै आवश्यक सामग्री खरिद गर्नका लागि उपमेयर लक्ष्मी गौतमले आग्रह गरेकी छन् ।

लकडाउन कति दिनलाई गर्ने भन्ने बारे अहिले केही बेरमा हुने बैठकले निर्णय गर्दैछ । कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको इटहरी उपमहानगर स्तरिय आकस्मिक वैठक अहिले ४ वजे ईटहरी अस्पतालमा बस्दै छ । बैठकले कोभिड १९ महामारीको समीक्षा र आगामी रणनीति तयार गर्ने बताइएको छ ।

बैठकले लकडाउन गर्नेबारे निर्णय गर्ने जानकारी इटहरीकी उपमेयर लक्ष्मी गौतमले फेसबुकमार्फत दिएकी छिन् । उनले केही दिनलाई पुग्ने सामानको जोहो गर्नसमेत आग्रह गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘अति आवश्यक सामाग्रीहरु आजै जोहो गर्नुस् है केही दिनलार्इ, अब इटहरी पुर्ण रुपमा लकडाउन गर्नु पर्ने अबस्थामा पुग्यो, निर्णय हुन बाकी ४ बजे बैठक छ ।’

 

सम्बन्धित खवर