किरण न्यौपाने, रंगेली
मोरङको रंगेली नगरपालिकामा समुदाय स्तरमै कोरोना संक्रमण देखिएको छ । रगेली नगरपालिकाले स्वाव संकलन गरी पठाएको १ सय ५६ जना मध्ये २२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
रंगेली अस्पतालका ३ जना स्वास्थ्यकर्मी र नेपाल विधुत प्राधिकरणका ५ जना कर्मचारी सहित रंगेली ७ बजारका १४ जनामा कोरोना देखिएको रंगेली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिए । रंगेलीमा २२ जनामा कोरोना पोजेटिभ देखिएपछी रंगेली नगरपालिकाले आकस्मिक बैठक राखेको बुझीएको छ ।
प्रदेशको विराटनगर, धरान र गोठगाँउ क्वारेनटाइन खाली नभएकाले उनिहरुलाई कहा राख्ने भन्ने समस्या उत्पन्न भएको स्वास्थ्य प्रमुख मण्डलले जानकारी दिए ।