प्रवेश विष्ट, इटहरा
मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ४ को आमबारी चौकमा आँखा उपचार केन्द्र तथा चस्मा घरको स्थापना भएको छ । नेकपा मोरङ जिल्ला कमिटी सदस्य तथा रतुवामाई नगर कमिटी इन्चार्ज सुमन कालिकोटेले आँखा उपचार केन्द्रको उद्घाटन गर्नुभएको हो । कालिकोटेले शनिबार रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
आँखा उपचार केन्द्रको स्थापनाले सम्बन्धित क्षेत्रका बासिन्दा लाभाम्वित हुने युवा नेता कालिकोटेले बताउनुभयो । युवा नेता ताजिम अन्सारीसहित डा. सर्बिन्द यादव, डा. सम्भु यादव र जय प्रकाश यादवले उक्त उपचार केन्द्रको सञ्चालन गर्नुभएको हो ।
आँखा उपचार केन्द्रको स्थापनाले आमबारीबासीको स्वास्थ्यमा थप सेवा पुग्ने संचालक अन्सारीले बताउनुभयो ।आमवारीबासीको आवश्यकतालाई मध्यनजर गर्दै आँखा उपचार केन्द्र स्थापना गरिएको पनि नेता अन्सारीले बताउनुभयो ।