पथरी ।
असार अन्तिम साता आएको वाढीका कारण पिडीत वनेका २२ घरपरिवारलाई राहत वितरण गरिएको छ । मोरङको उर्लावारी नगरापालिका वडा नम्वर २/३ मा स्थानिय तेली र सोल्टी खोलामा आएको वाढीका कारण एक परिवार विस्थापित भएको थियो भने अन्य २१ परिवार वाढीको चपेटामा परेका थिए ।
उनिहरुलाई तत्काल स्थानिय नगरपालिकाको सहयोगमा राहत प्रदान गरिएको थियो । अहिले लामो समय देखि हङकङमा वस्दै आएका स्थानिय युवा पदम लिम्वुको आर्थीक सहयोग तथा योसेक क्लवको संयोकत्वमा वाढी पिडीतलाई ५० हजार मुल्य वरावरको खाद्ययान्न समाग्री वितरण गरिएको वडा नम्वर ३ का वडा सदस्य भिष्म वुढाथोकीले वताए ।
यता अविरल वर्षा सगै आएको वाढीका कारण खोलाकिनारमा वसी जिविको पार्जन गर्दै आएका स्थानिय राहत पाए सगै हर्सित वनेका छन् ।
कार्यक्रममा वडा नम्वर २ का अध्यक्ष राजन कडेल र ३ का गञ्ज वहादुर कार्की लगाएतले सहयोगी युवा लिम्वुलाई धन्यवाद दिए ।
असार अन्तिम साता आएको वढीका कारण क्षति पुगको स्थानिय पुलपुलेसा र सडकको स्तर उन्नती भने अझै सम्म हुन सकेको छैन ।