पथरीका थप २ जना पुरुषमा कोरोना पोजेटिभ

पथरीका थप २ जना पुरुषमा कोरोना पोजेटिभ

 

पथरी : मोरङको पथरीशनिश्चरे नगरपालिकामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरु वडा नम्बर २ र ६ का हुन् ।

संक्रमण देखिएका २५ र ४५ बर्षीय पुरुषहरु रहेका छन् । उनीहरु केहिदिन अघि कतार र बहराइनबाट आएका थिए ।

संक्रमितहरु पथरी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । प्रादेशिक अस्पतालमा ३१ जनाको परीक्षण गरिएको दुई जनाको टेस्ट पोजेटिभ आएको र २९ जनाको नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो ।

सम्बन्धित खवर