तेलि खोलामा अस्थाई तटबन्ध निर्माण

तेलि खोलामा अस्थाई तटबन्ध निर्माण

साउन ४, पथरी ।
मोरङको उर्लाबारी वडा नं.३ मंगलबारे रहेको तेलिखोलामा आइतबार अस्थाई तटवन्धन निर्माण गरिएको छ ।
गत साता सो खोलामा आएको बाढीको स्थानिय पिङमायाको घर बगाउनुका साथै अन्य १० घर वाढीको चपेटामा परेका थिए ।


आइतबार ति स्थानहरु अझै आउन सक्ने बाढीको जोखिमलाई न्युनिकरण गर्न तार ढुंगा सहितको जाली र बालुवा गिट्टीले भरिएका बोराले स्पर बनाई अस्थाइ तटवन्धन गरिएको योसेक क्वलका क्लबका अध्यक्ष भीष्म बुढाथोकीले बताउनु भयो ।
उर्लाबारी २ र ३ को सिमनामा पर्ने सो खोलाको क्षेति रोक्न अन्य ठाउँमा पनि स्पर निमाणर् लाई निरन्तरता दिईने सोही क्वलबकी सचिव बानु सुब्बाले जनाउनु भयो ।


उर्लाबारी नगरपालिका वडा नं.३ का वडा अध्यक्ष गञ्ज ब. कार्कीले वडाको तर्फबाट तटवन्धन निर्माणमा लागि पर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
तटवन्धन निर्माणमा प्रहरी को साथी म, योसेक क्लब मंगलबारे सशस्त्र प्रहरी बल उर्लाबारी र स्थानिय वासीको सहयोग रहेको थियो ।

सम्बन्धित खवर