सुनाखरी माविमा आजबाट ई–लाइब्रेरी सुरु

सुनाखरी माविमा आजबाट ई–लाइब्रेरी सुरु

पथरी, मोरङको पथरी शनिश्चरे–१ मा रहेको सुनाखरी माध्यमिक विद्यालयमा आजबाट ई–लाइब्रेरी सेवा सुरु भएको छ । नगरको आर्थिक सहयोगमा निर्मित लाइब्रेरीको आज एक औपचारिक कार्यक्रमका बिच संविधानसभा सदस्य चण्डी प्रसाद राईले उद्य्घाटन गर्नुभयो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि स्थापना गरिएको सो लाइब्रेरीको उद्घाटन सत्रका प्रमुख अतिथि राईले २७ वर्ष अगाडी सखुवाको बोक्राले बारेर सुरु गरिएको विद्यालयले अहिले मुहार फेरेको बताउनुभयो । नीजि क्षेत्रसंग प्रतिस्पर्धाका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले चासो दिनुपर्ने पनि राईले उल्लेख गर्नुभयो ।

नगर प्रमुख दिलिप कुमार राई, प्रदेश १ मुख्य मन्त्रीका जनसम्पर्क सल्लाहकार रामकुमार बस्नेत लगाएतले सुनाखरीको शैक्षिक गतिविधिका लागि सहयोग गर्न सदैव तयार रहेको प्रतिवद्धता गर्नुभयो ।

विद्यालयमा छ वटा डेस्टप कम्प्युटरमा ईन्टरनेट जोडेर ई–लाइब्रेरी र कक्षा १० सम्मको पाठ्य सामाग्री रहेको विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष प्रदिपकुमार राईले जानकारी दिनुभयो र । विद्यालय बाहेक अर्थशास्त्र, विज्ञान, राजनीति, साहित्य, कृषि लगायतको करिव सात सय पुस्तकहरु रहेका छन् ।

बिद्यार्थी बाहेक पढ्न चाहने पाठकहरुको लागि पढ्ने वानीको बिकास होस भन्ने उदेश्यले ई–लाइब्रेरी सहितको विभिन्न प्रकारको पुस्तक राखिएको विद्यालयको प्रधानाध्यापक केशबप्रसाद शर्माले जानकारी दिनुभयो ।

सम्बन्धित खवर