घरघरमा भत्ता बाँढ्दै वडा कार्यालय

घरघरमा भत्ता बाँढ्दै वडा कार्यालय

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुले बैंकमा आएर सामाजिक सुरक्षा भत्ता लिन नसक्ने असक्तहरुका लागि घर घरमै भत्ता पुर्याइदिने व्यवस्था गरेका छन् ।

यस क्रममा वडा नम्वर १० ले आर्थिक वर्ष ०७६/७७ को अन्तिम चौमासिक भत्ता बैंक कर्मचारीको साथमा घर घरमा लगेर वितरण गरेको हो । असक्तहरुका लागि यस अघिदेखि नै वडा कार्यालयले घर घरमै लगेर भत्ता वितरण गर्दै आएको १० नम्वर वडाकी कार्यपालिका सदस्य मैनादेवी फुँयल आचार्यले बताउनुभयो ।

सम्बन्धित खवर