बर्नमाउथसँगको खेलमा म्यानचेस्टर सिटी विजयी

बर्नमाउथसँगको खेलमा म्यानचेस्टर सिटी विजयी

 

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथसँगको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नमाउथलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे । बर्नेमाउथका डेभिड ब्रुरुक्सले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा सिल्भाले फ्रिकिकबाट गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा जिससले अर्को गोल थप्दै सिटीलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा बर्नमाउथका डेभिडले एक गोल फर्काएपनि जितका लागि पर्याप्त भएन । घरेलु मैदानको जितसँगै सिटीले ३६ खेलमा ७५ अंक जोडेको छ ।

सिटीले च्याम्पियन लिभरपुलसँगको अंक दुरी समेत घटाएको छ । शीर्ष स्थानको लिभरपुलको ९३ अंक रहेको छ ।

सिटी लिभरपुल भन्दा १८ अंकले पछि रहेको छ । ३१ अंक जोडेर बर्नेमाउथ रेलिगेसन क्षेत्रमा रहेको छ । यो हारसँगै बर्नमाउथको रेलिगेसन सम्भावना बढेर गएको छ ।

सम्बन्धित खवर