झापा र सुनसरीमा खोलाले बगाएर २ को मृत्यु २ जना अझै बेपत्ता

झापा र सुनसरीमा खोलाले बगाएर २ को मृत्यु २ जना अझै बेपत्ता

झापा र सुनसरीमा खोलाले बगाउदा दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता भएका छन् । हिजो साढे २ बजे झापा गाउँपालिका ५ बस्ने ३५ बर्षीय राजेश गणेशको खोलाले बगाएर मृत्यु भएको हो ।

मलामी गएको बेला बिरीङ खोलामा पौडी खोल्ने क्रममा डुबेर बेपत्ता भएका राजेशलाई खोजी गर्ने क्रममा हिजो बेलुका साढे ७ बजे ३ किलोमोटर तल खोलाको छेउमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसै गरी धरान १३ स्थितमा रहेको सर्दु खोला तर्ने क्रममा ५५ बर्षीय राम बहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको छ । हिजो दिउसो पौने ४ बजे खोलाले बगाएर बेपत्ता भएका बस्नेतलालाई खोजी गर्ने क्रममा आज बिहान ८ बजे ५ किलोमोटर तल खोलाको छेउमा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यसैगरी झापा भद्रपुर ३ बस्ने ३३ बर्षीय हिरण राईलाई खोलाले बगाउदा उनि पनि बेपत्ता भएका छन् । हिजो अपरान्ह साढे ४ बजे नजिकै रहेको मेची खोलामा नुहाउने क्रममा राईलार्इ खोलाले बगाउदा उनि बेपत्ता भएका हुन् । यसै गरी सुनसरी बराहक्षेत्र ६ बोराबान कोशी किनारामा दाउरा खोज्ने गएका बराहक्षेत्र ७ देबीघाट बस्ने १२ बर्षीय अनिल बस्नेतलाई खोलाले बगाउदा उनि बेपत्ता भएका छन् ।

आज बिहान साढे ५ बजे कोशी नदीले बगाउदा उनि बेपत्ता भएका हुन् । बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको छ ।

सम्बन्धित खवर