माछा पालन तालिम सम्पन्न

माछा पालन तालिम सम्पन्न

पथरी, मोरङको पथरी शनिश्चरे नगरको पशुपंक्षी शाखाले नगरका कृषकहरुका लागि माछा पालन सम्वन्धी ३ दिने निःशुल्क तालिम सम्पन्न गरेको छ ।

वडा नम्वर ६ स्थित पशुसेवा केन्द्रमा सम्पन्न तालिममा प्रत्येक वडाबाट ३,३ जना कृषक सहभागि भएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले बताउनु भयो ।

तालिममा सहभागिलाई माछा पालनका लागि आवश्यक चुना, पोटास, भिअक्स सहितका सामग्री वितरण समेत गरिएको थियो ।

शाखा प्रमुख दहालका साथै शाखाका पर्वत शाह र गणेश शिवाकोटीले तालिमको सहजिकरण गर्नुभयो ।

सम्बन्धित खवर