नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

पथरी शनिश्चरे, 

मोरङको पथरी शनिश्चरे नगरपालिकाले नियुक्त गरेका नगर प्रहरीहरुलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, वडाध्यक्षहरु बाबुराम एङदेन, जयबहादुर तामाङ सहितले दर्ज्यानी चिन्ह नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान प्रदान गर्नुभयो ।

सो अवसरमा बोल्दै नगर प्रमुख राई र प्रमुख प्रशासकीय अधिकृत धमलाले नगर प्रहरीले इमान्दारिता र कर्तव्यनिष्ठरुपमा नगर मातहतमा रहेर सुरक्षा व्यवस्थापनको काममा खटिन निर्देशन समेत दिनुभयो ।

नगर प्रहरीका कमाण्डर असई सानबहादुर साम्सोहाङले मातहतका नगर प्रहरीलाई निर्देशन सहित प्रतिवद्धता जाहेर गर्नुभयो ।

असई साम्सोहाङ र हवल्दार बलबहादुर गौतमका साथै नवनियुक्तहरु प्रहरी हवल्दार सामुयल धिमाल, प्रहरी जवान विष्णु धमला, इन्द्रमणि सुवेदी, संजय परियार र प्रतिमा दर्जी नेपालीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।

सम्बन्धित खवर