पथरी, मोरङको पथरी शनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्व प्रदर्शन गरेका छन् । बुधबार विद्यार्थीहरुले प्लेकार्ड सहित एमसीसीको बिरोध गरेका हुन् ।
अनेरास्ववियूकी स्थानीय नेतृ तथा पथरी बहुमुखी क्याम्पस स्वबियु उपसभापति निता कुलुङ राईको नेतृत्वमा बिद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
विरोध कार्यक्रममा सहभागी बिद्यार्थीहरुले राष्ट्रघाती एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायत नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा राजकुमार तिरुवा, जमुना लिम्बू, हेमा चाम्लिङ, मनिश माझी, सरु माझी, नारायण दाहाल लगायतको सहभागीता रहेको थियो ।
प्रदर्शन अघि भएको कार्यक्रममा अमेरिकाले
अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण र सडक सञ्जालको नाममा आफ्नो सेना नेपाल ल्याउने तयारी गरेकाले सम्झौता संसदबाट पारित गर्न नहुने र खारेजी गर्नुपर्ने बक्ताहरुले बताए ।
अमेरिकाले एमसीसी इन्डो–प्यासिफिक सैनिक रणनीति भनिसकेकाले नेपालकै लागि खतराहुने वक्ताहरुले बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिती अध्यक्ष अर्जुन जम्नेली राई, बिद्यार्थी नेतृ निता कुलुङ राई, नेकपा स्थानीय नेता राजकुमार तिरुवा लगायतले बोलेका थिए ।