बक्राहा खोलाले बगाएर एक महिलाको मृत्यु

बक्राहा खोलाले बगाएर एक महिलाको मृत्यु

पथरी, अविरल बर्षासंगै मोरङको बक्राहा खोलामा आएको बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका वडा नं. ५ गोबिन्दपुरकी ५५ बर्षीया मायादेवी साहको मृत्यु भएको हो ।

शुक्रवार विहान खोला तर्ने क्रममा बाढीले बगाउँदा उनी बेपत्ता भएकी थिइन् । बगाएको स्थानबाट तीन किलोमिटर तल मृत अवस्थामा उनी फेला परेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर