राजेन्द्र महतो, लहान
उच्च अदालत जनकपुर, राजविराज इजलासमा प्रदेश २ सरकारविरुद्ध मुद्दा दायर भएको छ । सुखिपुर नगरपालिका ३ का गुमस्ता कुमार यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नम्बर २ जनकपुर धाम धनुषा, जिल्ला प्रशासन कार्यालय सिराहा, जिल्ला प्रशासन कार्यालय सप्तरी दुई जिल्लाका ७ स्थानीय तहलाई विपक्षी बनाइ मुद्दा दायर गरेका हुन् ।
विपक्षीले मापदण्ड अनुसार क्वारेन्टाइन सञ्चालन नभएको विषय उल्लेख गरी परमादेश माग गर्दै मुद्दा दायर गरेका छन् ।
विपक्षी बनाई मुद्दा दायर भएका स्थानीय तहमा सिराहाको सुखिपुर नगरपालिका, लहान नगरपालिका, धनगढीमाई नगरपालिका, बरियारपटि गाउँपालिका, नवराजपुर गाउँपालिका रहेका छन् । उक्त मुद्दामा नेपालको संविधानको धारा १४४ (१) र (२) बमोजिम परामादेश प्रतिषेध लगायत आवश्यक उपयुक्त आज्ञा, आदेश जारी गरी पाऊ भन्ने माग गरिएको छ ।
मुद्दामा विपक्षी बनाइएकाहरुबाट कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरीतका कार्य गरिएको र गराइएको उल्लेख छ । त्यसैगरी क्वारेन्टाइन सञ्चालनका क्रममा संविधानले नागरिकलाई दिएका कतिपय मौलिक हकहरु उल्लघंन गरेको उल्लेख छ । तर प्रदेश २ सरकारले भने कोभिड १९ विरुद्धको कामकार्वाहीमा कुनै पनि कसुर बाँकी नराखी काम गरिरहेको बताउँदै आएको छ ।
उच्च अदालत जनकपुर, राजविराज इजलासले मुद्दाको सुनुवाइका गरि असार १० गते आदेस गरेको छ । आदेशमा यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने हो भने १५ दिन भित्रमा सबुद प्रमाण सहित उपस्थीत हुन भनिएको छ ।