नरेश कुमार लाभ, विराटनगर
प्रदेश १ को राजधानी विराटनगर जलमग्न बनेको छ । विहिबारको वर्षाका कारण विराटनगर पुरै पानीमा ढुबेको हो ।
विराटनगरका सबै क्षेत्रमा पानी जमेको छ । वडा नं. १६ र १३ मा पनि खोला बस्तीमा पसे जतिकै भएको छ । वर्षामा आउने पानी कसरी कटाउने भन्ने योजना नै नबनाइ विकास निर्माण गर्दा स्थानीयले सास्ती खेप्नु परेको स्थानीय पप्पु शाहले बताए । मिल्स एरिया, रानी तालिम केन्द्र, आखा हस्पिटल लगाएतको क्षेत्रमा सडकमा खोला कुदिरहेको छ ।
यस विषयमा पटक पटक वडा कार्यालयमा जानकारी गराउदा पनि वडाले कुनैपनि चासो नदेखाएको शाहले बताए । घरबाट बाहिर निस्कन समेत नसकिने अवस्था हुदा सरकारी निकाए भने कानमा तेल हालेर बसेका छन् ।