पथरी शनिश्चरेको नगर सभा, सपिङ कम्प्लेक्सलाई १ करोड, नगरको भवन खै ?

पथरी शनिश्चरेको नगर सभा, सपिङ कम्प्लेक्सलाई १ करोड, नगरको भवन खै ?

भिमराज अधिकारी, पथरी

असार १० गते सबैजसो स्थानीय तहहरुले नगरसभा सम्पन्न गरेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिकाले पनि समयमा नै नगरसभा सम्पन्न गरेको विहिबार पत्रकार सम्मेलन मार्फत नगर प्रमुख दिलिप कुमार राईले जानकारी दिनुभयो ।

७ औँ नगरसभाले पास गरेको नीति तथा कार्यक्रममा सपिङ कम्प्लेक्सका लागि १ करोड रुपैया विनियोजन गरेको प्रतिवेदन प्रवक्ता याम प्रसाद गुरागाँईले बाचन गर्नुभयो । नगरले आफ्नो आम्दानीलाई वृद्धि गर्नका लागि निर्माण गर्न लागेको सपिङ कम्प्लेक्सका लागि बजेट विनियोजन गरेको नगरले आफ्नो भवनका लागि भने नीति तथा कार्यक्रममा कहिँकतै अटाएको छैन् ।

सपिङ कम्प्लेक्स निर्माणका लागि नगरले अघिल्लो आर्थिक वर्षमा नै डिपिआर गरिसकेको नगर प्रमुख राईले जानकारी दिनुभयो । नगरको भवन अभाव भएपछि यतिबेला प्रशासनिक कामका लागि घरभाडामा लिएर काम चालाइरहेको छ । भवन कुरा उठ्ने वितिकै जग्गामा विवाद रहेको कारण देखाउदै जनप्रतिनिधिहरु पन्छिने गरेका छन् । नगरले सपिङ कम्प्लेक्सको नाममा निर्माण गर्न लागेको भवन नै नगरको कार्यालयका लागि प्रयोग गर्ने भित्रि योजनामा रहेको यसका जानकारहरु बताउछन् ।

सम्बन्धित खवर