नेपाल विश्वकर्मा लोहार संघले दियो रामरतीलाई श्रद्धाञ्जली

नेपाल विश्वकर्मा लोहार संघले दियो रामरतीलाई श्रद्धाञ्जली

विवेक शर्मा, रौतहट

नेपाल विश्वकर्मा लोहार संघ रौतहटद्वारा निर्मित विश्वकर्मा मन्दिरको जग्गा दाता रामरती देवी लोहारलाई श्रद्धाञ्जली दिएको छ । रौतहट जिल्लामा बसोबास गर्ने लोहार स्वजातियहरुको बिकासका लागि जग्गा दान गर्ने लोहारको जेठ २८ गते निधन भएको थियो ।

सबै स्वजातियहरुलाई एक ढिक्कामा बाध्ने उद्देश्य लिएर अगाडि बढीरहेको विश्वकार्मा संघमा स्वर्गीय रामरती देवी ठाकुर र उनकी श्रीमान पराउ ठाकुर लोहारले १० वर्ष पहिला ४ कठ्ठा जग्गा दान गरेका थिए । उक्त जग्गाको मुल्य अहिले प्रतिकट्ठा ५ लाख रुपैया पर्दछ ।

पराउ ठाकुर र रामरतीको आफ्नो कुनै पनि सन्तान छैनन् । निसन्तान रहेकी ठाकुरको दिदिको छोरा हरदेव ठाकुरले पालन पोषण गर्दै आएको स्थानीयहरुले बताए ।

समाज र जातीय उत्थानका लागि ठुलो लगानी गर्ने ठाकुरको स्वर्गबासको कामना गर्दै संघका अध्यक्ष डा. रामशंकर ठाकुरले श्रदाञ्जली अर्पण गरे । श्रदाञ्जली कार्यक्रममा सचिव विवेक शर्मा सहित लोहार स्वाजातियका जङ्बहादुर ठाकुर, योगेन्द्र ठाकुर, सबुरिलाल ठाकुर, जिल्ला वन कार्यालय रौतहटका अधिकृत रामवीर ठाकुर लगाएतको उपस्थीति रहेको थियो ।

महान सोच र सामाजिक भावना भएकी रामरतीको हिन्दु परम्परा अनुसार पुण्य तिथि असार ७ गते सम्पन्न भएको हरदेव ठाकुरले जानकारि दिए ।

सम्बन्धित खवर