कक्षा १ देखि १० सम्मै अङ्ग्रेजी माध्यम संचालन गर्दै सिंहवाहिनी

कक्षा १ देखि १० सम्मै अङ्ग्रेजी माध्यम संचालन गर्दै सिंहवाहिनी

पथरी, यति वेला आफ्ना नानिहरुका लागि अभिभावकको पहिलो रोजाईमा अङ्ग्रेजी माध्यमको पठनपाठन रहने गरेको छ। अन्तरास्ट्रिय स्तरमा व्यापक प्रयोग हुने अङ्ग्रेजीको बढ्दो मोहको परिवेशमा सामुदायिक विद्यालयहरुले समेत अङ्ग्रेजी माध्यमको पढाईलाई जोड दिन थालेका छन्।

मोरङ्गको पथरी शनिश्चरे ९ रिगुवामा स्थापित सिंह वाहिनी माध्यमिक विद्यालयले कक्षा १ बाटै शुरु गरेको अङ्ग्रेजी माध्यम शैक्षिक सत्र २०७७ बाट कक्षा १० सम्म पुगेको छ। अब उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन हुने भएको हो।

विसं. २०६६ सालमा कक्षा १ बाट शुरु भएको अङ्ग्रेजी माध्यमको पठनपाठन यस बर्षबाट १० कक्षामा पुगेको हो। गत शैक्षिक सत्रमा ९ कक्षा सम्म अङ्ग्रेजी माध्यमबाट पढाइएको विद्यालयका प्रधानाध्यापक जगतमणी गौतमले जानकारी दिनु भयो।

विद्यार्थीहरुमा अङ्ग्रेजी र नेपाली दुवै भाषाको समान ज्ञानको आवश्यकता आफुले र अभिभावकहरुले समेत महसुस गरेको कारण दुईवटै माध्यमका पाठ्यपुस्तकको व्यवस्था सहित अध्यापन भैरहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टंक भण्डारिले बताउनुभयो।

विद्यालयमा अङ्ग्रेजी माध्यमका साथै समय सापेक्ष शिक्षाका लागि प्रोजेक्टरको व्यवस्था गरिएको र मल्टिमिडियाको प्रयोग बाट समेत कक्षा संचालन हुने गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।

विद्यालयमा कम्प्युटर कक्षाको पनि समुचित व्यवस्था रहेको छ। कम्प्युटर ल्यावमा मनग्ये ल्यापटप र डेस्कटपहरु रहेको र त्यसको प्रभावकारी प्रयोगबाट कम्प्युटर समेत सिकाइ रहेको प्रधानाध्यापक गौतमले जानकारी दिनुभयो।

संस्थागत विद्यालयहरुमा चर्को शुल्क तिरेर अङ्ग्रेजी माध्यममा पढाउनु पर्ने बाध्यताको अन्त्य गराउन सिंहवाहिनी मावीले ल्याएको अङ्ग्रेजी माध्यमको पठनपाठनको व्यवस्था समय सान्दर्भिक रहेको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मी फुयालको तर्क छ।

विद्यालयमा पठनपाठनका साथै अन्य भौतिक सुविधाहरुको विषयमा चर्चा गर्दै अध्यक्ष भण्डारीले विद्यालयमा अध्ययनरत छात्राहरुका लागि छात्रा मैत्री शौचालयको व्यवस्था गरेको जानकारी दिनु भयो। महिनावारीको समयमा छात्राहरुले वेहोर्नु पर्ने असहज वातावरणको अन्त्यका लागि सो सौचालय महत्वपुर्ण रहेको अध्यक्ष भण्डारिको तर्क छ।

यसका साथै विद्यालयमा सोलार जडान गरिएको र गर्मीको समयमा समेत विद्यार्थीलाई सहजताका लागि सिलिङ फेनको व्यवस्था रहेको विद्यालयकी सहायक प्रधानाध्यापक भुमिका मगरले जानकारी दिनु भयो।

सम्बन्धित खवर