मंगलबारे अस्पतालको नामाकरण विवाद चर्किदै, दैनिक प्रर्दशन जारी

मंगलबारे अस्पतालको नामाकरण विवाद चर्किदै, दैनिक प्रर्दशन जारी

पथरी, मंगलबारे अस्पतालको नामाकरण विवाद दिनानुदिन चर्किदै गएको छ । मोरङको उर्लाबारी ३ स्थीत रहेको मंगलबारे अस्पतालको नाम परिवर्तन गरेर मदन भण्डारी ट्रमा सेन्टर बनाउने प्रस्ताव प्रदेश सरकारले ल्याएपछि स्थानीयहरु आन्दोलित बनेका हुन् ।

साविक नाम मंगलबारे अस्पताल नै हुनु पर्ने र स्तरोनती पनि रोकिन नहुने माग राख्दै स्थानीयहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । मंगलबार पनि आन्दोलनरत दलहरुले मंगलबारेमा बिरोध ¥याली प्रर्दशन गरेका छन् । उक्त अस्पताललाई प्रदेश नं. १ को सरकारले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गर्ने घोषणा गरेपछि राजनितीक आस्थाको आधारमा मंगलबारेबासीको पहिचानमाथी सरकारले खेलवाड गरेको भन्दै एकहप्ता देखि निरन्तर आन्दोलन चर्काइरहेका छन् ।

हिजो मसाल जुलुस निकालेको संघर्ष समितिले आज वृहत विरोध ¥याली निकालेको हो । ¥यालीपछि स्थानिय थापा चौकमा भएको कोण सभामा नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाशचन्द्र थापा, नगर सभापति बीरवल थापा, राप्रपाका नेता बिनोद पाख्रेल, मंच सम्वद्ध संघिय लिम्बुवान पार्टी नेपालकी जिल्ला अध्यक्ष दिलु लिङ्देन, जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष मात्रिका धिमाल सहितका वक्ताहरुले नेकपाले सत्ताको दुरुपयोग गर्दै स्थानियको जनभावना विपरित नाम परिवर्तन गरेको बताए । वक्ताहरुले साविक मंगलबारे अस्पतालकै नाममा ट्रमा सेन्टर स्थापना गर्न माग गरेका छन् । एक साता सम्मको आन्दोलनको समिक्षा गर्दै थप आन्दोलनको रणनीति बनाउने संयोजक थापाले बताएका छन् ।

सम्बन्धित खवर