पथरी बजार क्षेत्रमा ठेला रिक्सा चलाउन प्रतिबन्ध

पथरी बजार क्षेत्रमा ठेला रिक्सा चलाउन प्रतिबन्ध

पथरी, मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा पनि कोरोना भाइरसको जोखिम बढेपछि बढी भिडभाड हुने पथरी बजारमा ठेला रिक्सा सन्चालनमा प्रतिबन्ध लगाइएको छ ।

नगर प्रमुख दिलीपकुमार राइको अध्यक्षतामा आज बसेको कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बैठकले बजारदेखि यलम्बर चोक, बिश्ट चोकदेखि रत्नचोक र पुरानो वाणिज्य बैंकचोकदेखि शिखरचोकसम्म सामान राखेर बेच्न र सामान ओसार्न ठेला रिक्सा सन्चालनमा प्रतिबन्ध लगाएको हो । सिटि रिक्सा सहितका यातायातका साधन भने प्रतिबन्ध नै छन । अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउदै बिना भिडभाड बिहान ७ देखि बिहान १० बजेसम्म मात्रै अतिआवस्यकीय बस्तुका पसल खोल्न जानकारी गराइएको छ ।

नगर प्रवक्ता यामप्रसाद गुरागाइले कोरोनाको संक्रमणबाट बच्न स्वास्थ्य सजकता अपनाउन आह्वान गर्दै अतिआवस्यक काममा बाहेक घर बाहिर ननिस्कन र भिडभाड नगर्न नगरवासीमा अनुरोध गरिएको जनाउनु भयो ।

साथै, बैठकले नगरले खडा गरेको क्वारेनटिनमा रहेकाहरुकालागि आवस्यकीय सामग्री वितरण गर्न इच्छुकले सिधै वितरण गर्न नमिल्ने र कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिलाइ वितरण गर्न सकिने उल्लेख गरेको छ । क्वारेनटिनमा सरसफाइ गर्ने र त्यहाँ ख िटने एम्बुलेन्स चालकलाइ नगरले १ लाख रुपैयाँको उपचार बिमा गराइदिने निर्णय पनि भएको छ ।

कोरोनाको संक्रमणबाट बच्न अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन आव्हान गर्दै आफुपनि बच्न र अरुलाई पनि बचाउन सवै लाग्नु पर्ने नगर प्रवक्ता यामप्रसाद गुरागाइले जनाउनु भयो ।

कम्तिमा १ मिटरको सामाजिक दुरी कायम गरेर अतिआवश्यक उपभोग्य वस्तुहरु खरिद गर्न परिवारको १ जना मात्र निस्कन अनुरोध गर्नुभयो । पसले तथा कार्यालयका कर्मचारीले आफुले हातमा ग्लोब लगाई अनिवार्य रुपमा साबुनपानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, मास्क अनिवार्य लगाउनु पर्ने र कसैले कतै पनि भिडभाड गर्न नहुने कुरामा नगरवासीलाई सचेत रहन अनुरोध गर्नुभयो ।

सम्बन्धित खवर