बुद्ध रंगशालाको रकम फ्रिज हुने अवस्थामा

बुद्ध रंगशालाको रकम फ्रिज हुने अवस्थामा

 

लेटाङ – स्थानियस्तरमा बन्न लागेको बुद्ध रंगशाला लेटाङ नगरपालिकाको बेवास्ताका कारण रकम हुँदाहुँदै पनि फ्रिज हुने अवस्थामा पुगेको छ ।

एक नम्बर प्रदेश सरकारबाट विशेष अनुदान अन्र्तगत प्राप्त पन्ध्र लाख रुपैंया नगरपालिकाले खर्च गर्न चासो नदिंदा सो रंगशाला निर्माण प्रभावित बनेको हो ।

एक स्थानिय तह एक रंगशाला निर्माण गर्ने संघ सरकारको निति अनुरुप स्थानिय चिसाङ भ्यालि क्लबको पहलमा प्रदेश सरकारले अनुदान स्वरुप रकम निकासा गरेको थियो । नगरपालिकाको पाँच र छ नम्बर वडामा पर्ने सार्वजनिक स्थानमा रंगशाला निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सकिए पनि नगरपालिका प्रशासनले विभिन्न कारण देखाउँदै रंगशाला निर्माण कार्यमा आलटाल गरेको छ । निर्माण उपभोक्ता समिति र नगरपालिकाबिच पटक पटक छलफल हुँदा पनि हालसम्म कुनै निष्कर्ष निस्केको छैन ।

नगरपालिकाले खेलकुदको हालसम्म कुनै पूर्वाधार बनाउने योजना अघि नसार्नु र आएको अनुदान समेत खर्च नगर्ने कार्यले स्थानिय खेलकुद प्रेमी युवा निराश भएका छन् । स्थानिय तहमा हुनुपर्ने खेलकुद समिति समेत नगरपालिकाले हालसम्म गठन गरेको छैन ।

सम्बन्धित खवर